जनवरी १ सम्म युएससीआईएसले यु भिसाका पुरानै फर्म स्वीकार्ने - KHASOKHAS

जनवरी १ सम्म युएससीआईएसले यु भिसाका पुरानै फर्म स्वीकार्ने

सन् २०२० को जनवरी १ सम्म युएससीआईएसले यु भिसाका पुरानै फर्म स्वीकार गर्ने भएको छ । यस अगाडि जुलाई २ पछि पुराना फर्म अस्वीकार गर्ने बताएपनि त्यो अवधि जनवरी १ सम्मका लागि थप गरिएको हो ।

फर्म आई ९१८ को अप्रिल २४, २०१९ को संस्करण पूर्णरुपमा जनवरी १ देखि लागु हुनेछ । दुईमहिनाको समय प्रयाप्त नहुने भन्दै युएससीआईएसले समय थप गरेको हो ।

फर्म आई ९१८ का साथमा यु गैरआप्रवासी स्टाटस प्रमाणपत्रको बी परिपूरक फर्मको नयाँ संस्करण पनि जनवरी १ देखि नै पूर्णरुपमा लागु हुनेछ । नयाँ फर्मको एक्सपायर मिति सन् २०२१ को अप्रिल ३० सम्म तोकिएको छ ।

नयाँ फर्म प्रयोग गर्न चाहने आवेदकले अहिले नै नयाँ फर्म प्रयोग गर्न सक्नेछन् ।

फर्म आई ९१८ डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

परिपूरक बी फर्म डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

आइतवार, असार ८, २०७६ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com