विदेशी विद्यार्थीले ग्रिनकार्ड पाउने संरचना बनाउने विधयेकबारे


प्रकाशित मिति : माघ २५, २०७३ मंगलबार

-केशव राज सेडाई

सदनमा कँग्रेसम्यान जो लोफ्ग्रेनले एच वान बी कामदारको तलब १ लाख ३० हजार बनाउने नयाँ विधयेक अतिदक्षको सम्मान र स्वच्छतासम्बन्धी ऐन २०१७ पेश गरेका छन् । जसमा केही महत्वपूर्ण अवस्थाहरु रहेका छन् ।

अमेरिकी संसदको हाउस अफ रिप्रिजेन्टेटिभमा एचवान बी भिसा बाहकको तलब १ लाख ३० हजार डलर बनाउने प्रस्ताव सहितको विधयेक पेश गरिएको छ जसले अब रोजगारदातालाई विदशी कामदारसँगै अमेरिकी कामदारलाई पदस्थापन गर्नेगरी यो कार्यक्रम प्रयोग गर्न अप्ठ्यारो अवस्था सृजना गर्नेछ ।

यो विधयेक पारित भएमा स्वतन्त्र रोजगारदाताहरुले उनीहरुका एचवान बी कामदारलाई १ लाख ३० हजार डलर तलब दिनुपर्नेछ जुन भविश्यमा एड्जस्ट गरिनेछ । त्यस्तै मास्टर डिग्रीको अपवादपनि हटाइनेछ । नयाँ विधयेक अनुशार ५० भन्दा कम कामदारहरु हुने साना रोजगारदाताहरुले बार्षिक ६० हजार डलर जतिकै तलबमा कामदारलाई काम लगाउन पाउने छन् । तर यो विधयेक कानुन बनेपछि भने कामदारको तलब बढाउनुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो विधयेकले विद्यार्थीहरु र अरु अस्थायी प्रकारका भिसा बाहकहरुका लागि विद्यार्थी भिसाको स्टेटसबाट अमेरिकाको ग्रिनकार्ड पाउनेगरी संरचनाको विकाश गरेर भिसाका बाधाहरु हटाउनेछ । त्यस्तै एचवान बी फाइलको प्रावधानमा सुधार र प्रशासनिक खर्चमा कटौती गरेर अनावश्यक कागजातको भारलाई पनि कम गर्नेछ । नयाँ बिधयेकमा रोजगारदाताले कामदारको तलब घटाउन नपाउनेगरी सुरक्षा प्रदान गर्ने प्रावधान रहेको छ ।

सिनेटर शेरोड ब्राउनले एचवान बी र एल वान भिसा सुधार ऐन पनि सदनमा पेश गर्ने घोषणा गरेका छ जसले एचवान बी र एलवान भिसा कार्यक्रममा रहेका लुपहोलहरु हटाउने र अमेरिकी कामदार एवं भिसा वाहकको सुरक्षा बढाउने जनाइएको छ । यो कार्यक्रममा एचवान बी र एल वान भिसा वाहकलाई काममा लगाउनका लागि खोजी गर्नु अगाडि योग्य अमेरिकन कामदारलाई खाली पदमा काममा लगाउन रोजगार दाताले प्राथमिकता दिनुपर्ने विषय छ ।

एचवान बी र एल वान भिसा सुधार अन्तरगत डिपार्टमेन्ट अफ लेबर र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीसँग जालसाजीको अनुसन्धानका लागि अतिरिक्त निरिक्षणको अवस्था सृजना गर्नेछ भने ऐनको उल्लंघन गर्नेलाई जरिवाना बढाउनेछ । ऐनले रोजगारमा आधारित आप्रवासी भिसाका लागि हरेक देशमा लगाइएको सिमाबन्दी हटाउनेछ । जसबाट रोजदारदाताले कुनै पनि देशको आधारमा नभई योग्यताको आधारमा कामदारहरुको छनौट गर्न सक्नेछन् । ग्रासले र डर्बानको बिल अतिरिक्त प्रकृयाका लागि सदनमा अल्झिरहेको छ ।

ग्रासले र डर्बानको एचवान बी र एल वान सुधार ऐनमा एचवान बी भिसाको संख्या घटाउनसक्ने केही तत्वहरु छन् । एचवानबी भिसाका स्पोन्सरहरुबारे थप अनुसन्धानका लागि डिपार्टमेन्ट अफ लेवरलाई अतिरिक्त अधिकार दिनाले भिसाको संख्या घटाउन सक्छ । त्यस्तै एच वान बी भिसाले अमेरिकामा अध्ययन गरिरहेका र अमेरिकी अर्थतन्त्रमा फाइदा पुराउने सम्भावना रहेका विदेशी विद्यार्थीहरुलाई प्राथमिकता दिने भएकाले विदेशबाट विदेशमा अध्ययन गरेका कामदार ल्याउने क्रममा कमी हुनसक्छ । त्यस्तै ५० भन्दा कम कामदार रहेका र पचास प्रतिशत भन्दा धेरै एच वान बी कामदार रहेका कम्पनीहरुले विदेशबाट कामदार ल्याउनमा यो कार्यक्रमले रोक लगाउनेछ ।

दुबै सदनबाट बिल पारित भइसकेपछि यसमा राष्ट्रपतिले हस्ताक्षर गर्नेछन् । अनिमात्र बिल कार्यान्वयनमा आउनेछ ।

(यो पाठकको सामान्य जानकारीका लागि मात्र हो, कानुनी सल्लाहका लागि सेडाईको ल फर्मममा सम्पर्क गर्नुपर्नेछ । )

खसोखासमा अमेरिकाब्यूरोबाट प्रकाशित सामाग्री अन्य संचारमाध्यममा हुबहु साभार गर्नु अगाडि अनुमति लिनु अनिवार्य छ । अनुमतिका लागि [email protected] मा सम्पर्क गर्नुहोला । रिपोर्टका अंशहरु साभार गर्दा श्रोत खुलाउनु अनिवार्य छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com