एनआरएन क्यानडाको नवौं साधारणसभा : अमेरिकामा हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुन आग्रह


प्रकाशित मिति : श्रावण २६, २०७३ बुधबार

-मित्र काफ्ले / टोरोन्टो

एआरएनए क्यानडाको नवौं साधारणसभा क्यानडाको मोन्टरियलमा सम्पन्न भएको छ । प्रमुख अतिथि क्यानडा र क्यूवाकालागि नेपाली राजदूत कालीप्रसाद पोख्रेलले पानसमा बत्तिवालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा पञ्चकन्याहरुले सहभागीहरुलाई स्वागत गरेका थिए भने एनआरएन क्यानडाका अध्यक्ष तुलसी सापकोटाले अतिथिहरुलाई खादा ओढाएर स्वागत गर्नुभयो । साथै उहाँले एनआरएन क्यानडालाई यो अवस्थासम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले आग्रह पूर्वाग्रह त्यागेर एकजुट हुन सबै नेपालीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा एनआरएन क्यानडाका सल्लाहकार मुगा राजभन्डारीले उपस्थित सबै पाहुनाहरुलाई स्वागत गर्दै प्रतिनिधिहरुले आफ्नो जिम्मेवारीलाई कडाइका साथ पालना गर्न र सहयोग आवश्यक परै जतिखेर पनि आफु उपलब्ध भएको जानकारी गराउनु भयो । पद ग्रहण गर्ने र अरुलाई पनि काम गर्न नदिने प्रबृत्तिको राजभन्डारीले खुलेरै विरोध गर्नुभयो ।

स्थानीय संस्था एएनक्यूका अध्यक्ष युवराज भण्डारीले पनि सबै मन्तब्य व्यक्त गर्दै सबै पाहुनाहरुलाई स्वागत गर्नुभएको थियो । किनोट स्पिकरको मन्तव्य राख्दै कन्सुलर जनरल डा. कुन्जरमणी शर्माले यहाँका नेपालीहरुको सौहाद्रपूर्ण र शिष्ट एकता अरु नेपाली समुदायले पनि सिक्नु योग्य भएको बताउनुभयो । त्यस्तै एनआरएनका सल्लाहकार तथा एनआरएन क्यानडाका पूर्व अध्यक्ष नवराज गुरुङले आगामी अगष्ट २७ मा अमेरिकाको न्यूजर्सीमा हुने क्षेत्रिय सम्मेलनमा सहभागी हुन सबैलाई अनुरोध गर्नुभयो । साथै उहाँले एनआरएनले भूकम्पपीडितलाई गरेको सहयोग र खुल्ला विश्वविद्यालयको बारेमा प्रकाश पार्नुभयो ।

NRN CA 2

प्रमुख अतिथि राजदूत कालिप्रसाद पोख्रेलले नेपाल सरकारका तर्फबाट एनआएनहरुलाई प्राप्त सुविधाहरुबारे जानकारी दिनुभएको थियो । एक पटक एनआरएनको परिचय पत्र लिएपछी आठ बर्ष सम्म नेपालमा बस्न भिषा लिनु नपर्ने , नेपालका विभिन्न ठाउँहरुमा जग्गाको क्षेत्रफल तोकेर किनबेच गर्न अधिकार दिइएको , १५ लाख सम्म नेपाल लैजादा कर तिर्नु नपर्ने लगायतका सुविधाहरु एनआरएनलाई रहेको जानकारी दिनुभयो ।

महिला कमिटी संयोजक प्रमिला बस्नेतले नेपालमा पाठेघर खस्ने महिलाहरुको करुण चित्र पस्तुत गर्दै सोको लागि महिनाको एक एक डलर संकलन योजना शुरुगरेको र हाल सम्म १५ सय भन्दा बढी संकलन भएको जानकारी दिनुभयो । उपस्थीत केही नेपालीहरुले उक्त कार्यको सराहना गर्दै सहयोग उपलब्ध गराउका थिए ।

त्यस्तै एनआरएन क्यानडाका उपाध्यक्ष तथा नेपाली भाषा साहित्य र प्रकाशन समितिका संयोजक सुरेन उप्रेतीले नेपालीभाषा रहेमा मात्र नेपालीहरुको पहिचान रहने र भाषा मात्र भावना विनिमय गर्ने साधन नभइ कला, संस्कृति, साहित्य, परम्पराको संगम भएको बताउनुभयो । भाषालोप हुनु भनेको सबै सम्पत्ति लोपहुनु रहेको उहाँको भनाई थियो । यसै कुरालाई मध्य नजरगरी यस समितिले क्यानडा भर रहेका नेपाली भाषाका कक्षाहरुलाई पाठ्यक्रम बनाउन लागेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै सेवा संचार योजनाका बारेमा माधव गजुरेलले प्रकाश पार्नु भएको थियो । नेपालका स्कुलहरुमा सेनिटरी एड प्याकेज जस्ता योजना ल्याएर गाँउहरुमा पुग्दा बल्ल एनआरएनको बारेमा थाहा पाएको कुरा गाउलेहरुले बताएको उहाँले उल्लेख गर्नुभयो ।

NRN CA 3

एनआरएनले गरेका हाल सम्मका गतिविधीहरु र आगामी योजनाहरुका बारेमा महासचिव सुमन लम्सालले प्रकाश पार्नु भएको थियो । नेपालीहरुको जनगणना लिने, मेण्टर सिप कार्यक्रम सन्चालन गर्ने , नेपाली विधालयलाई पाठ्य पुस्तक लेखन गर्ने, नेपाली व्यवशायीहरुलाई प्रमोसनका लागि पहल गर्ने , नेपाली संघसंस्थाहरुलाई सहभागिता र संस्थागत सदस्य बनाउने , सदस्यता वितरणलाई तिब्र बनाउने जस्ता योजना रहेको उहाँले बताउनुभयो ।

सम्मेलनलाइ सफल बनाउन सहयोग गर्नु हुने सहयोग दाताहरुको सहयोग राशी र नाम पढेर उपाध्यक्ष तथा संम्मेलका संयोजक दिपक श्रेष्ठले सुनाउनु भयको थियो । संम्मेलन सम्पन्न गर्न विभिन्न क्षेत्रमा सहयोग गर्ने सबैको उच्च मुल्याड्डन गर्दै उहाँले धन्यवाद दिनुभयो । विभिन्न संघ संस्थाका तर्फबाट सुभकामना मन्तव्य दिनेहरुमा डा. सारा छेत्री , एनसीएनसी अध्यक्ष गोपीकृष्ण काफ्ले , अनुप सुवेदी , भवी न्यौपाने लगायतले आआफ्नो संस्थाको बारेमा प्रकाश पार्दै शुभकामना दिनुभयो ।

कार्यक्रममा ब्र्राम्टन माउन्ट एभरेस्ट लायन्स क्लबका प्रेसिडेन्ट तथा एनआरएन क्यानाडाका रिजनल अफिसर मित्र काफलेले एकजुट भएर नेपालीहरुले नेपाली समाज , मातृभूमी नेपाल तथा आफ्नो बिकासका लागि अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले नेपालीसमाज क्यानाडामा पहिलो अँग्रेजी पत्रिका द हिमालयन भ्वाइस राजदूत काली प्रसाद पोख्रेल लगायत डा. कुन्जर शर्मा , नबराज गुरूङ , तुल्सी सापकोटा , दीपक श्रेष्ठ र डा. किस्मत भण्डारीलाई हस्तान्तरण गर्दै उहाँहरुलाई लायन्स क्लबको मेडल लगाइदियर सम्मान गर्नुभएको थियो ।

एनआरएनको विधान र संशोधन प्रस्तावलाई प्रवक्ता किस्मत भन्डारीले प्रस्ताब एवं पारित गराउनुभएको थियो । एनआरएनको अध्यक्षले पुन अध्यक्ष पदमा उठ्नु परे पुन साधारण सदस्यहरुबाटै चुनावलडेर आउनु पर्ने, आइसीसी मेम्वरले नै अन्तर्रा्ष्ट्रिय संघ संस्थासंग समन्वय गर्ने हुनाले अन्तर्राष्ट्रय कोअर्डिनेटरको पद छुट्टै आवश्यक नरहेकोले हटाइएको, साधारण सदस्यता शुल्क क्यानेडियन १० डलर बाट १५ डलर कायम गरिएयो, महिला कोअर्डिनेटर तथा यूथ कोअर्डिनेटको व्यवस्था गर्ने लगायतका प्रस्तावहरु साधारणसभाले पारित गरेको छ ।

भण्डारीले प्रश्नउत्तर कार्यक्रम संचालन गर्ने क्रममा बेदनिधी गौतम र तेज सुवेदीले सहयोग गर्नु भएको थियो । एनआरएन क्यानडालाई यस अबस्थामा ल्याउन सहयोग गर्नुहुने सबै सदस्यहरु, शुभचिन्तक, संघसस्थाहरुलाई अध्यक्ष तुलसी सापकोटाले धन्यवाद दिनुभएको थियो ।

तीन चरणमा सम्पन्न सम्मेलनमा पहिलो चरणको सन्चालन रेश्मा दहाल तथा लता खनालले गर्नुभएको थियो भने दोश्रो र तेश्रो चरणको कार्यक्रम महासचिव सुमन लम्सालले संचालन गर्नु भएको थियो । कार्यक्रम पश्चात टोरन्टो तथा मोन्टरियलका सांस्कृतिक प्रस्तुती दिएका थिए । कार्यक्रममा माधव गजुरेलको डान्सले दर्शकहरुको मन जित्न सफल थियो भने सांस्कृतिक कार्यक्रमको संचालन ऋषि श्रेष्ठले गर्नुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com