मेक्सिकोले सार्वजनिक गरिदियो अमेरिकासँग अध्यागमन सहमति (पूर्ण पाठसहित)


प्रकाशित मिति : जेष्ठ ३२, २०७६ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक नगरेको मेक्सिकोसँगको सहमति मेक्सिकोले सार्वजनिक गरेको छ । मेक्सिको हुँदै अमेरिका आउने कागजपत्रविहिन आप्रवासीको प्रवाह रोक्न चाल्ने कदमबारेको उक्त सहमतिमा ४५ दिने समयसिमा तोकिएको छ ।

४५ दिनभित्र मेक्सिकोहुँदै अमेरिका प्रवेश गर्ने आप्रवासीको रोकावटमा प्रभावकारी कदम चाल्न नसकिएमा त्यसपछि मेक्सिकोको सरकारले आवश्यक कदम चाल्ने सहमतिमा जनाइएको छ । सहमतिमा गत जुन ७ मा अमेरिका र मेक्सिकोको तर्फबाट सहमति गरिएको हो ।

अमेरिकामा आप्रवासन प्रवाह कम गर्ने मेक्सिको शरणार्थी मामिलामा “सुरक्षित तेस्रो मुलुक” बन्ने भएको र त्यो परिस्थिति आइपरेमा विद्यमान कानुन पनि संशोधन गर्ने प्रतिबद्धता उसले जनाएको छ। मेक्सिकोले ग्वाटेमालासँगको सिमानामा छ हजार सुरक्षाकर्मी समेत खटाएको छ ।

पैँतालीसदिने योजना सफल नभएमा मेक्सिको “सुरक्षित तेस्रो मुलुक” बन्न पुग्नेछ। अर्थात् मेक्सिको हुँदै शरण खोज्न जानेहरूले शरणार्थी बन्न अमेरिकाको साटो मेक्सिकोमै आवेदन दिनुपर्नेछ। धेरै पहिलादेखि नै अमेरिकाले त्यस्तो हुनुपर्ने माग राख्दै आएको थियो तर मेक्सिकोले स्वीकारेको थिएन।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com