एक्स्ट्रा अडिर्नरी ग्रिनकार्ड फाइल गर्न कुर्ने मिति जुलाईमा पनि भएन टसमस


प्रकाशित मिति : जेष्ठ ३०, २०७६ बिहीबार

एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड अर्थात् रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड फाइल गर्नका लागि कुर्ने अवधि जुलाई महिनामा पनि जस्ताको तस्तै रहेको छ । आई १४० आवेदन स्वीकृत भएर ग्रिनकार्ड फाइल गर्नका लागि कुर्ने मितिमा जुलाईमा कुनै परिवर्तन गरिएको छ ।

जुन महिनामा १ सेप्टेम्बर २०१८ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र ग्रिनकार्ड आवेदन फाइल गर्न सक्ने भएकोमा जुलाईमा पनि १ सेप्टेम्बर २०१८ नै कायम गरिएको छ । त्यस्तै सन् २०१८ को अप्रिल २२ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र जुन महिनामा ग्रिनकार्डबारे निर्णय प्राप्त गर्ने यसअगाडिको भिसा बुलेटिनमा उल्लेख रहेकोमा जुलाईको भिसा बुलेटिनमा समेत सोही मिति नै कायम गरिएको छ ।

नेपालीहरुका लागि दोश्रोदेखि पाँचौंसम्मका रोजगारमा आधारित श्रेणीहरुमा भने भिसा करेन्ट रहेको छ । यसैबीच अमेरिकी विदेशमन्त्रालयले निकालेको भिसा बुलेटिनमा उल्लेखित फाइनल एक्सन मितिलाई नै युएससीआईएसले आई १४० आवेदन स्वीकृत भएकाहरुले आवेदन दिन पाउने मितिका रुपमा स्वीकार गरेको छ । जस अनुशार सन् २०१८ को अप्रिल २२ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र जुलाईमा ग्रिनकार्डका लागि आवेदन दिन सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच अमेरिकी सरकारले आई १४० आवेदनका साथमा ग्रिनकार्ड आवेदन दिन नपाइने नयाँ नियम ल्याउने तयारी नै गरेको छ । अहिले भिसा करेन्ट नभएकाले आई १४० का साथमा आई ४८५ आवेदन दिन नपाइने भएतापनि नयाँ नियम लागु भएमा भिसा करेन्ट भएको अवस्थामा समेत दुबै आवेदन एकसाथ दिन पाइने छैन ।

रोजगारमा आधारित पहिलो श्रेणीमा आई १४० आवेदन स्वीकृत भएर ग्रिनकार्ड फाइल गर्नका लागि मिति कुरेर बसेका नेपालीहरुको संख्या उल्लेख्य रहेको छ । रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डका लागि भिसा करेन्ट नहुँदा अहिले भिजिटर भिसामा अमेरिका आएकाहरुले यो अमेरिकाबाटै यो श्रेणीको ग्रिनकार्ड प्राप्त गर्न प्राय असम्भवप्राय भएको छ । उनीहरुले या त अमेरिकामा भिसा परिवर्तन गरेरमात्र एक्स्ट्रा अर्डिनरी ग्रिनकार्डका लागि आवेदन दिनसक्छन् या त आवेदन दिएपछि स्वेदश फर्केर पुन कन्सुलर प्रकृयामार्फत अमेरिका आउन सक्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com