ग्रिनकार्ड हुनेले समेत ठेगाना परिवर्तनबारे युएससीआईएसलाई अनिवार्य जानकारी दिनुपर्ने


प्रकाशित मिति : जेष्ठ ३०, २०७६ बिहीबार

अमेरिकामा ग्रिनकार्डवाहकले समेत आफ्नो ठेगाना परिवर्तनबारे १० दिनभित्र युएससीआईएसलाई जानकारी नदिए समस्या आउनसक्ने चर्चित नेपाली कानुन व्यवसायी केशवराज सेडाईले चेतावनी दिनुभएको छ । ठेगाना परिवर्तनबारे जानकारी नदिए नागरिकताको आवेदनमा समस्या आउनेदेखि देशनिकालाको समेत सामना गर्नुपर्ने अवस्था आउनसक्ने उहाँले बताउनुभयो ।

अमेरिकी कानुन अनुशार अमेरिकाको नागरिकता लिइनसकेका प्राय आप्रवासीले फर्म एआर ११ भरेर ठेगाना परिवर्तनबारे १० दिनभित्र युएससीआईएसमा जानकारी दिनुपर्ने प्रावधान रहेको छ । कुनै आवेदन पेन्डिङ अवस्थामा नरहेका ग्रिनकार्ड बाहकले समेत यो फर्म भरेर ठेगाना परिवर्तनबारे अनिवार्य जानकारी दिनुपर्छ ।

कुनै आवेदन पेन्डिङ अवस्थामा रहेका अमेरिकी नागरिक, कसैलाई फर्म आई ८६४ भरेर स्पोन्सर गरेका अमेरिकी नागरिक र बोर्ड अफ इमिग्रेशन अपिलमा कुनै आवेदन रहेका अमेरिकी नागरिकले समेत ठेगना परिवर्तनबारे ३० दिनभित्र जानकारी दिनुपर्ने जनाइएको छ । पेन्डिङ अवस्थामा नरहेका ग्रिनकार्ड बाहकले भने १० दिनभित्र सुचित गर्नुपर्छ, यो व्यवस्था अहिले अनलाइनमा समेत गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कसैलाई स्पोन्सर गरेका ग्रिनकार्ड वाहक, परिवारमा आधारित ग्रिनकार्डका लागि कसैका लागि आवेदन दिएर स्वीकृत भएको अवस्थामा रहेका ग्रिनकार्ड वाहक, अध्यागमन अदालतको प्रकृयामा रहेका वा बोर्ड अफ इमिग्रेशन अपिलमा मुद्दा रहेकाहरुले भने अनलाइनमार्फत ठेगाना परिवर्तन गर्न सक्दैनन् ।

यदि तपाई ग्रिनकार्डबाहक हो र ठेगाना परिवर्तनबारे युएससीआईएसलाई जानकारी दिनुभएन भने तपाईलाई २ सय डलरसम्म जरिवाना र ३० दिनसम्म जेलसजाय समेत हुनसक्छ । ठेगाना परिवर्तनबारे जानकारी दिन नसक्नुको तार्किक कारण पेश गर्न नसकेको खण्डमा र जानकारी दिन नसक्नु नियतवश नरहेको प्रमाणित गर्न नसकेको खण्डमा त्यस्ता ग्रिनकार्ड वाहकलाई देशनिकाला गर्नसक्ने प्रावधान समेत रहेको छ ।

अनलाइनमार्फत ठेगाना परिवर्तनबारे युएससीआईएसलाई जानकारी दिन यहाँ क्लिक गर्नहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com