ट्रम्पको आदेश कार्यान्वयनमा रोक लगाइएपछि स्थीति पहिलेकै जस्तो


प्रकाशित मिति : माघ २२, २०७३ शनिबार

वासिंटन राज्यको शियाटलका संघीय न्यायाशिसले अमेरिकी राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्धमा लगाइएको कार्यकारी आदेश कार्यान्वयमा अस्थायीरुपमा रोक लगाएपछि युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले एयरलाइन्सहरुलाई पहिले प्रतिबन्ध लगाइएका यात्रुहरुलाई पनि बोक्नसक्ने भन्दै कार्यकारी आदेशमार्फत लगाइएको प्रतिबन्ध फुकुवा गरेका छन् । न्यायाधिसको आदेशपछि अब एयरलाइन्सहरुले प्रतिबन्ध लागेका ७ देशका यात्रुहरुलाई पनि बोक्नसक्नेछन् ।

वासिंटन राज्यका एटर्नी जनरल बब फर्गुुसनले न्यायाधिसको आदेशपछि ट्रम्पको कार्यकारी आदेश स्थगन भएको र कानुनभन्दा माथि कोही पनि नभएको बताएका छन् । उनले कानुनको राज्य भएको र राष्ट्रपति पनि कानुनभन्दा माथि नभएको बताएका छन् । न्यायाधिसको आदेशले ट्रम्पको कार्यकारी आदेशलाई बन्द गरिदिएको उनको भनाई छ ।

ट्रम्पले मुस्लिम बाहुल्य सातवटा देशका नागरिकको अमेरिकी भिसा अस्थायीरुपमा रद्द गर्ने कार्यकारी आदेश जारी गरेकोमा वासिंटन राज्यका संघीय न्यायाधिस जेम्स रोबार्टले त्यस्तो कार्यकारी आदेश कायान्वयनमा अस्थायीरुपमा रोक लगाएका थिए । सीबीपीले एयरलाइन्सहरुलाई कार्यकारी आदेश आउनुभन्दा अगडिकै अवस्थामा जस्तो यात्रु बोक्नसक्ने बताएको छ ।

ट्रम्पको कार्यकारी आदेशपछि त्यसको विरोधमा देशब्यापी प्रदर्शनहरु भइरहदा संघीय न्यायाधिसको यस्तो रोक आएको हो । वासिंटनमा रहेका ब्यापारिक संस्थाहरु अमेजन, एक्सपेडिया र माइक्रोसफ्ट लगायतले ट्रम्पको कार्यकारी आदेशलाई रोक्नमा राज्यले गरेको प्रयासको प्रशंसा गरेका छन् । कार्यकारी आदेशले आफ्नो काम पनि प्रभावित भएको ती व्यापारिक संस्थाहरुको दावी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com