२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
इमिग्रेशन

ट्रम्पको आदेशमा लगाएको रोक फुकाउन न्याय मन्त्रालयको आपतकालिन अनुरोध

अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशमा लगाएको रोक फुकाउन न्याय मन्त्रालयले पुन अदालतलाई आपतकालिन अनुरोध गर्ने भएको छ । कार्यकारी आदेश कायान्वयनमा अस्थायीरुपमा रोक लगाएपछि सीबीपीले कार्यकारी आदेश अगाडिको जस्तै नियमित काम सुरु गरेको थियो ।

यसअघि एकजना संघीय न्यायाशिसले अमेरिकी राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्धमा लगाइएको कार्यकारी आदेश कार्यान्वयमा अस्थायीरुपमा रोक लगाएका थिए । ट्रम्पले मुस्लिम बाहुल्य सातवटा देशका नागरिकको अमेरिकी भिसा अस्थायीरुपमा रद्द गर्ने कार्यकारी आदेश जारी गरेकोमा वासिंटन राज्यका संघीय न्यायाधिस जेम्स रोबार्टले त्यस्तो कार्यकारी आदेश कायान्वयनमा अस्थायीरुपमा रोक लगाएका थिए ।

ट्रम्पको कार्यकारी आदेशपछि त्यसको विरोधमा देशब्यापी प्रदर्शनहरु भइरहदा संघीय न्यायाधिसको यस्तो रोक आएको हो । वासिंटनमा रहेका ब्यापारिक संस्थाहरु अमेजन, एक्सपेडिया र माइक्रोसफ्ट लगायतले ट्रम्पको कार्यकारी आदेशलाई रोक्नमा राज्यले गरेको प्रयासको प्रशंसा गरेका छन् । कार्यकारी आदेशले आफ्नो काम पनि प्रभावित भएको ती व्यापारिक संस्थाहरुको दावी छ ।

सातवटा देशका नागरिकले प्राप्त गरेका भिसाहरु पहिले नै रद्द भइसकेकाले र ग्रिनकार्ड भएकाहरुलाई प्रवेशमा रोक नलगाइने भएकाले यो आदेशको तत्कालिन रुपमा खास प्रभाव नपार्ने होमल्याण्ड सेक्युरिटीका अधिकारीले प्रतिकृया दिएका छन् ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →