ट्रम्पको कार्यकारी आदेशमा लगाए संघीय न्यायाधिसले देशब्यापी रोक


प्रकाशित मिति : माघ २२, २०७३ शनिबार

एकजना संघीय न्यायाशिसले अमेरिकी राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्धमा लगाइएको कार्यकारी आदेश कार्यान्वयमा अस्थायीरुपमा रोक लगाएका छन् । ट्रम्पलये मुस्लिम बाहुल्य सातवटा देशका नागरिकको अमेरिकी भिसा अस्थायीरुपमा रद्द गर्ने कार्यकारी आदेश जारी गरेकोमा वासिंटन राज्यका संघीय न्यायाधिस जेम्स रोबार्टले त्यस्तो कार्यकारी आदेश कायान्वयनमा अस्थायीरुपमा रोक लगाएका हुन् ।

ट्रम्पको कार्यकारी आदेशपछि त्यसको विरोधमा देशब्यापी प्रदर्शनहरु भइरहदा संघीय न्यायाधिसको यस्तो रोक आएको हो । वासिंटनमा रहेका ब्यापारिक संस्थाहरु अमेजन, एक्सपेडिया र माइक्रोसफ्ट लगायतले ट्रम्पको कार्यकारी आदेशलाई रोक्नमा राज्यले गरेको प्रयासको प्रशंसा गरेका छन् । कार्यकारी आदेशले आफ्नो काम पनि प्रभावित भएको ती व्यापारिक संस्थाहरुको दावी छ ।

सातवटा देशका नागरिकले प्राप्त गरेका भिसाहरु पहिले नै रद्द भइसकेकाले र ग्रिनकार्ड भएकाहरुलाई प्रवेशमा रोक नलगाइने भएकाले यो आदेशको तत्कालिन रुपमा खास प्रभाव नपार्ने होमल्याण्ड सेक्युरिटीका अधिकारीले प्रतिकृया दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com