ट्रम्पको पहिलो अदालती विजय, कार्यकारी आदेशबिरुद्धको आदेश लम्बाउन अस्वीकार


प्रकाशित मिति : माघ २२, २०७३ शनिबार

बोस्टनमा एकजना संघीय न्यायाधिसले अमेरिकामा कानुनीरुपमा प्रवेश गर्ने व्यक्तिलाई थुन्न वा देशनिकाला गर्न नपाउने निरोधक आदेश लम्बाउन अस्वीकार गरेका छन् । जसलाई ट्रम्प प्रशासनको पहिलो अदालती विजयका रुपमा हेरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिसामा आवधिक प्रतिबन्ध र शरणार्थी कार्यक्रम केहीसमयका लागि रद्द गर्नेगरी जारी गरेको कार्यकारी आदेशबिरुद्ध बोष्टनका २ जना संघीय न्यायाधिसहरुले ७ दिनको लागिे निरोधक आदेश जारी गरेमा थिए, जसको अवधि फरबरी ५ मा सकिदैछ । त्यो आदेशमा आप्रवासी वा गैरआप्रवासी भिसामा बोष्टनको विमानस्थलमार्फत अमेरिका आउन खोज्ने विश्वका कुनै पनि देशका व्यक्तिलाई थुन्न नपाउने र देशनिकाला गर्न नपाउने उल्लेख थियो ।

डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गरे लगत्तै विभिन्न राज्यका संघीय न्यायाधिसहरुले ग्रिनकार्ड भएका आप्रवासीहरुलाई कार्यकारी आदेशमार्फत देशनिकाला गर्न नपाइने भन्दै निरोधक आदेशहरु जारी गरेका थिए । बोस्टनमा पनि यस्तै आदेश जारी भएकोमा संघीय न्यायासिधले आदेशलाई लम्बाउन अस्वीकार गरेका हुन् ।

न्यायाधिसले निरोधक आदेश लम्बाउन नमानेपछि कार्यकारी आदेशले आप्रवासीहरुलाई थप असर पर्न सक्ने न्युयोर्कका चर्चित कानुन व्यवसायी बासु फूलाराले खसोखासलाई बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com