अमेरिकी अध्यागमनमा दर्जन परिवर्तनको योजनामा अमेरिकी सरकार


प्रकाशित मिति : जेष्ठ १३, २०७६ सोमबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी, डिपार्टमेन्ट अफ स्टेट र डिपार्टमेन्ट अफ लेबरले अमेरिकी अध्यागमनमा दर्जन परिवर्तनको तयारी गरेका छन् । सरकारका ती एजेन्सीहरुले आगामी ६ महिनामा गर्ने परिवर्तनको खाका तयार गरेका हुन् ।

एचवानबी भिसा वाहकका दम्पत्तिलाई प्रदान गरिदै आएको एच फोर भिसा वाहकका लागि वर्क परमिट अन्त्यका लागि यसै महिनाको अन्त्यमा नीति ल्याउने तयारी गरिएको छ । यो नीति प्रकाशित भइसकेपछि ३० देखि ६० दिनसम्मको कमेन्ट अवधि राख्ने र त्यसपछि लागु गर्ने योजना रहेको छ । अहिले यो प्रस्ताव बजेट र व्यवस्थापन कार्यालयले पुनरावलोकन गरिरहेको जनाइएको छ ।

त्यस्तै एचवानबी भिसाका लागि योग्यता र तलबको मापदण्डमा परिवर्तन गर्ने गरी नयाँ नीति ल्याउन लागिएको छ । जुन नीति आगामी अगस्त महिनामा सार्वजनिक प्रतिकृयाको लागि प्रकाशित गरिने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी सरकारले एचवान बी क्याप दर्ताको शुल्क पनि बढाउने तयारी गरिरहेको छ । त्यस्तै कामदार भिसा एचवान बीको आवेदन शुल्क पनि बढाउने तयारी भइरहेको छ । यो नियम जुलाईमा प्रकाशित हुने अपेक्षा गरिएको छ । सन् २०२० को सुरुमा एचवान बीका लागि दर्ता खुल्दा कार्यान्वयन हुनेछ ।

लगानीमा आधारित ईबी फाइभ कार्यक्रमका सन्दर्भमा पनि न्यूनतम लगानीको रकम बढाउने गरी नयाँ नियमको तयारी भइरहेको छ । यो नियम अहिले पुनरावलोकन भइरहेको र छिट्टै प्रकाशित हुने जनाइएको छ ।

त्यस्तै ग्रिनकार्डको आवेदनका सन्दर्भमा पनि परिवर्तन ल्याउने तयारी भइरहेको छ । एक्स्ट्राअर्डिनरी वा रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिंदा आई १४० आवेदनसहित ग्रिनकार्ड आवेदन फाइल गर्न पाइने प्रावधानलाई हटाएर आई १४० आवेदनमात्र फाइल गर्न पाइने नियम ल्याउने तयारी भइरहेको छ ।

त्यस्तै विद्यार्थी भिसाका सन्दर्भमा अमेरिका रहने अवधिका सन्दर्भमा डीएस अर्थात ड्युरेशन अफ स्टेटस दिइदै आएकोमा निश्चित मिति नै उल्लेख गर्ने तयारी भइरहेको छ । यसअगाडि विद्यार्थी लगायतका केही भिसामा आउनेहरुका लागि डीएस स्टेटस प्रदान गरिदै आएको थियो । त्यस्तै एफ, एम र जे भिसा वाहकले तिर्ने स्टुडेण्ड एण्ड एक्सचेन्ज भिजिटर प्रोग्रामको शुल्क बढाउने तयारी भइरहेको छ । यो नियम जुन २४, २०१९ बाट लागु हुने जनाइएको छ ।

अमेरिकी विदेश मन्त्रालयले बिजनेश र पर्यटक भिजिटर भिसा बी वान बी टुका लागि योग्यतामा पनि परिवर्तनको तयारी गरेको छ । जसका लागि आगामी अक्टोबरमा नियम प्रकाशित गर्ने जनाइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भिजिटर भिसामा आउनेको ओभरस्टे घटाउनेगरी योजना ल्याउन निर्देशन दिएपछि त्यसमा कडाई गर्ने तयारी भएको हो ।

त्यस्तै युएससीआईएसका कैयन आवेदनमा शुल्क बढाउने तयारी गरिएको छ । आप्रवासी र गैरआप्रवासी भिसाका लागि शुल्क बढाउने तयारी गरिएको र यसबारेको नियम जुलाईमा प्रकाशित गरिने जनाइएको छ ।

त्यस्तै अमेरिकामा सरकारी सुविधा खाने सम्भावना भएकाहरुलाई ग्रिनकार्ड वा अन्य भिसा अस्वीकार गर्न सकिने गरी आगामी सेप्टेम्बरमा नयाँ नियम ल्याउने तयारी भइरहेको छ । आप्रवासीले अमेरिकामा सरकारी सुविधा खाएमा त्यो रकमको क्षतिपूर्ति स्पोन्सरकर्ताबाट गराउने गरी राष्ट्रपति ट्रम्पले यस अगाडि नै मेमो समेत जारी गरिसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com