ट्रम्पको कार्यकारी आदेशको शिकार हुनबाट बच्ने ६ कानुनी उपाय


प्रकाशित मिति : माघ २०, २०७३ बिहीबार

-कार्ल सटरम्यान

१ यदि तपाई अमेरिकाको ग्रिनकार्ड होल्डर हुनुहुन्छ भने तपाई जुन देशमा जन्मिएको भएपनि तपाईले यथाशीघ्र अमेरिकी नागरिकताकोलागि आवेदन दिने इच्छा राख्नुहोला । जसले तपाईलाई भविश्यमा अमेरिकाबाहिर स्वतन्त्रतापूर्वक यात्रा गर्ने वातावरण निर्माण गर्नेछ ।

२ यदि तपाई अमेरिकामा अस्थायी प्रकारको भिसामा हुनुहुन्छ र आफ्नो स्टेटस परिवर्तन गर्न चाहनुहुन्छ भने यथाशीघ्र गर्नुहोला । किभने भविश्यमा अध्यागमन कानुनमा परिवर्तन आउनसक्छ जसले गर्दा तपाईलाई अप्ठ्यारो अवस्था आउनसक्छ ।

३ यदि तपाई कागजपत्रबिहिन हुनुहुन्छ भने तुरुन्तै तपाईले वकिललाई भेट्नुहोला । वकिसँगको भेटमा तपाईले कानुनी स्टेटसका लागि आवेदन दिने तरिकाबारे छलफल गर्न सक्नुहुनेछ ।

४ यदि तपाई कागजपत्रबिहिन हुनुहुन्छ र अमेरिकामा इमिग्रेशन अधिकारीबाट पक्राउ पर्नुभयो भने कुनै पनि प्रकारका कागजातमा हस्ताक्षर नगर्नुहोला र कुनैपनि प्रकारको बयान पनि नदिनुहोला । त्यसको साटो तपाईले अध्यागमन न्यायाधिस पहिले सुनुवाईको माग गर्नुहोला । तपाईले अमेरिकाबाट देशनिकाला हुनु नपर्ने अवस्था आउनसक्छ र तपाईले अमेरिकामा काम गर्ने अनुमति सहितको वर्क परमिट पनि प्राप्त गर्न सक्नुहुनेछ ।

५ यदि तपाई आफ्ना आफन्तको ग्रिनकार्डको लागि स्पोन्सर गर्ने योजनामा हुनुहुन्छ भने तुरुन्त गरिहाल्नुहोला । परिवारमा आधारित ग्रिनकार्डको क्याटेगोरी भविश्यमा कडा हुन वा प्रतिबन्ध लाग्न पनि सक्छ ।

६ यदि तपाई अस्थायी प्रकारको कामदारको भिसामा हुनुहुन्छ भने र ग्रिनकार्डको लागि आवेदन दिन जाहनुहुन्छ भने यथाशीघ्र तपाईको रोजगारदातालाई आग्रह गर्नुहोला ।

पहिलेको इमिग्रेशन एण्ड नेचुरलाइज्ड सर्भिसमा ट्रायल अटोर्नीका रुपमा काम गरेका सटरम्यानका सुझावहरु खसोखासका पाठकका लागि उपयुक्त हुने ठानेर यहाँ प्रस्तुत गरेका हौं ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com