साताका सात अमेरिकी इमिग्रेशन अपडेट


प्रकाशित मिति : माघ २०, २०७३ बिहीबार

 

गत साताका सातमुख्य इमिग्रेशन अपडेटका बारेमा न्युयोर्कका चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीले जानकारी दिनुभएको छ । खसोखासका पाठकका लागि यी जानकारीहरु उपयुक्त हुने ठानेर यहाँ प्रस्तुत गरेका छौं ।
१ अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भइसकेको छ । कार्यकालको सुरुवातसँगै होमल्याण्ड सेक्युरिटीमा नयाँ सेक्रेटरी जोन केली नियुक्त भएका छन् । अब केलीमार्फत ट्रम्पको अध्यागमन नीति कार्यान्वायन हुने भएको छ ।

२ डिफर्ड एक्सन फर चाइल्डहुड एराइभल डाकालाई खारेज गर्ने भनिएपनि ट्रम्पले सदनमा सल्लाह गरेर प्रकृया अगाडि बढाउने बताएका छन् । जति छिटो ओबामा कार्यकालमा ल्याइएका नीतिहरु उल्टाउने भनिएको थियो, त्यती छिटो हुने सम्भावना छैन । कस्तो खालको नीति निर्माण गर्ने भन्नेमा अझै केही समय लाग्ने देखिएको छ ।

३ आपराधिक रेकर्ड भएका व्यक्तिलाई अमेरिकाबाट देश निकाला गर्नेमा प्राथमिकता लिएको देखिन्छ । पहिलो प्राथमिकतामा ट्रम्प प्रशासनले यो कुरालाई राख्ने देखिन्छ । गैर कानुनी रुपमा प्रवेश गर्ने क्रमलाई रोक्नेमा उनीहरुको उच्च प्राथमिकतामा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

४ अमेरिकामा कानुनी रुपमा छिर्न खोज्नेहरुलाई ट्रम्पविरोधी भएका कारण अमेरिका छिर्न नदिइएको समाचार चर्चामा छ । तर यो ट्रम्पको नीति नै हो जस्तो देखिन्न । अमेरिकाको अध्यागमन नीति कार्यान्वयनका क्रममा अध्यागमनका अधिकारीहरुले यसलाई यस्तो गरेका हुन् । यो नीतिगत रुपमा नै होइन । तर यसले नकारात्मक सन्देश दिइरहेको छ ।

५ संघीय एजेन्सीहरुले पूराना कर्मचारीको अवधि सकिएपनि नयाँ कर्मचारी नियुक्त गर्न नपाउने गरी ट्रम्पको आदेश आएको छ । संघीय कर्मचारीहरुको सन्दर्भमा अध्यागमन कर्मचारीका सन्दर्भमा यो नीति लागु नगरेको भए हुने थियो । यो एउटा कमजोरी हो । किनभने राम्रोसँग अध्यागमन संचालन गर्ने, मुद्दाहरुको छिटो टुंगो लगाउने, प्रणालीलाई सहज बनाउने हो भने कर्मचारी नियुक्त गर्नमा रोक लगाउनु हुँदैनथ्यो ।

६ अध्यागमनमा अनिर्णित मुद्दाहरुको ठूलो ब्याकलग रहेको छ, त्यो अझ थपिने सम्भावना छ । अवधि सकिएपछि नयाँ कर्मचारी राख्न नपाएपछि मुद्दाहरु लम्बिने कुरा त स्वत हो । इमिग्रेशनमा पनि नयाँ न्यायाधिसहरु नियुक्त गरेर मुद्दाहरु छिटो टुंगो लगाउने प्रकृया अगाडि बढिरहेको थियो । तर अब नयाँ न्यायाधिस आउने कुरा भएन । नयाँ न्यायाधिस नआउने र पूरानाको अवधि सकिने हुँदा ब्यागलग अझ बढ्ने देखिन्छ । त्यसको असर नेपाली मुद्दाहरुमा पनि पर्छ । एसाइलमका मुद्दाहरुमा पनि यसको असर पर्छ । युएससीआईएसमा हालिने हरेक केसमा निर्णयको अवधि लम्बिनसक्ने सम्भावना रहन्छ । यसमा पछि अपवाद ल्याउन सक्छ । तर अहिलेकै अवस्थामा युएससीआईएसमा हालिने हरेक आवेदनमा निर्णयको अवधि अझ लम्बिने सम्भावना छ ।

७ अन्तमा, युएससीआईएसमा नयाँ आवेदन दिनेहरुले नयाँ फर्म र नयाँ शुल्क पठाउन नविर्सनुहोला । नत्र आवेदन अस्वीकृत हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com