एनआरएनए अमेरिकाको चुनाव स्थगित गर्न दिएको निर्देशनको पूर्व क्षेत्रीय संयोजक सोनाम लामाको स्वागत


प्रकाशित मिति : बैशाख ३१, २०७६ मंगलबार

गैर आवासिय नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक गौरी राज जोशीले एनआरएनए अमेरिकाको निर्वाचन स्थगित गर्नका लागि दिएको निर्देशनको पूर्व क्षेत्रीय संयोजक सोनाम लामाले स्वागत गरेका छन् । उक्त विज्ञप्तीलाई ध्यान दिएर सहज वातावरणमा विवाद रहित ढंगले निर्वाचन सम्पन्न गर्न लामाले निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

सोनामा लामाले भनेका छन् – ‘गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन सधै निष्पक्ष र धादली रहित हुनुपर्दछ। यस संस्थालाई कुनै पनि बाहनामा विवादित वनाउनु हुन्न।’

‘यस संस्था कुनै पनि राजनितिक स्वार्थ , ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संस्थाको बृहत्तर हितको लागि नेतृत्वमा आउन ईच्छुक आम एन आर एनहरुलाई सहभागी हुने सौहार्दपुर्ण वातावरण बनाउनु हरेक राष्ट्रिय समन्वय परिषदको प्रमुख दायित्व हो।’ –  एनआरएन नेता लामाको भनाई छ ।

करिब ८० भन्दा बढी राष्ट्रिय समन्वय समितिको चुनाव हुन बाँकी रहेको र अन्तर्राष्ट्रिय समन्वय समितिको विधान अनुसार गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन गर्ने पर्याप्त समय हुदां हुदै चुनाव गर्न यती धेरै हतारिनु कुनै आवश्यक नरहेको सोनाम लामाको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन आयोगले जनमानसमा उठेका सबै सवालहरुको निश्पक्ष छानबिन गरेर, पुर्ण पारदर्शी ढंगले, विवादरहित वातावरणमा चुनाव सम्पन्न गर्न म व्यक्तिगत रुपमा विशेष अनुरोध गर्दछु।’ –  लामाले भने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com