एनआरएनए अमेरिकाको चुनाव स्थगित गर्न आईसीसीका तर्फबाट क्षेत्रीय संयोजकको निर्देशन


प्रकाशित मिति : बैशाख ३१, २०७६ मंगलबार

एनआरएनए आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि क्षेत्रीय संयोजक गौरीराज जोशीले एनआरएनए अमेरिकाको निर्वाचन आयोग र एनआरएनए अमेरिकालाई चुनाव स्थगित गर्न निर्देशन दिएका छन् ।

जोशीले एनआरएनए एनसीसी अमेरिकाको चुनाब हाललाई स्थगित गरि रास्ट्रिय महाधिबेशनले तोकेको समय परिधिभित्र रहेर सदस्यताको सम्पूर्ण विवरण एमआइएस सिस्टम अन्तर्गत दर्ता तथा भेरिफिकेसन गरेर आईसीसीले तोकेको पर्यवेक्षकको रोहबरमा मात्र गराउन निर्देशन दिएका छन् । अन्यथा अन्तरास्ट्रिय समन्वय समितिको बिधान तथा चुनाब सम्बन्धि नियमावली अनुसार मान्यता प्राप्त नहुने समेत उनले चेतावनी दिएका छन् ।

निर्वाचन निष्पक्ष र स्वच्छ रुपमा सम्पन्न हुन नसकेमा आईसीसीको विधान अनुसार वाध्यात्मक कदम पनि चाल्नु पर्ने अवस्था आउन सक्ने संयोजक जोशीले चेतावनी दिएका छन् । साथै यसवाट आउने गम्भिर परिणामको जिम्मेवार एनआरएनए एनसीसी र निर्वाचन समिति नै हुने उनको भनाई छ ।

पत्रमा भनिएको छ – ‘एनआरएनए एनसीसी अमेरिकाका सदश्य मतदाताका विवरण सार्वजनिक दुरुपयोग भएका तथ्यहरु वाहिर आएका छन् । केही उम्मेदवारले ती व्यक्तिगत विवरण प्राप्त गरेर इमेल र म्यासेज पठाएको भेटिएको छ । मतदाताको व्यक्तिगत विवरण दुरुपयोग गर्ने छुट कसैलाई छैन । यस प्रति पनि आईसीसी गम्भिर छ । आईसीसीलाई नदिईएको विवरण उम्मेदवारहरु संग कसरी पुग्यो यो पनि अनुसन्धान हुनुपर्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जोशीले निर्वाचन आयोगका अध्यक्षका नाममा लेखेको पत्रको पूर्ण पाठ

श्रीमान अध्यक्ष्यज्यू
तथा
प्रमुख निर्बाचन अधिकृतज्यू
गैर आवासिय नेपाली संघ,
राष्ट्रिय समन्वय परिषद अमेरिका

महोदय,

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए एनसीसी अमेरिका) को चुनावको सन्दर्भमा सदश्यता आवेदन देखि हालसम्म भए गरेका कामहरुवारे आम समुदायमा व्यापक चासो र चिन्ता उब्जेको अवस्था छ । वेवसाइटमा आएको समस्याको कारण सदश्यता दर्तामा समस्या पैदा भएको र उम्मेदवारको मनोनयन दर्ता गर्ने क्रममापनि पटक पटक वेवसाइट अवरुद्ध भएको थियो । वेवसाइट वनाउन जिम्मा दिएको कम्पनीका वारेमा पनि विभिन्न टीका टिप्पणीहरु भईरहेको सन्दर्भमा नेपाली समुदाय र एनआरएनए एनसीसी अमेरिकाका सदश्यहरुको चासो र चिन्तालाई सम्वोधन गर्नु अमेरिकाज क्षेत्रको दायित्व पनि हो । यस क्रममा एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन निष्पक्षतालाई लिएर उठेका विभिन्न प्रश्नहरु प्रति गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसीसी) गम्भिर भएको छ ।

एनआरएनए आईसीसी अमेरिकाज क्षेत्रसम्म समेत निर्वाचन निष्पक्षता ग्यारेण्टी गरिनु पर्यो भन्ने वारेमा उजुरीहरु परेका छन् । यसवारेमा आईसीसीमा पनि पटक पटक औपचारिक र अनौपचारिक छलफल भएको छ । एनआरएनए विधानमा आईसीसी र एनसीसी विचमा पारदर्शियता हुनुपर्ने उल्लेख छ र अन्तरास्ट्रिय समन्वय समितिको विधानको धारा ९.५ अनुसार सम्पूर्ण पंजीकृत सदस्यको अभिलेख अन्तरास्ट्रिय समन्वय समितिमा हुनुपर्ने उल्लेख छ| एनसीसीमा सदश्यता एनआरएनएको सदस्यता पंजीकरण नियम अनुसार आईसीसीको केन्द्रिय एमआईएस प्रणाली अनुसार हुनुपर्छ । एनआरएनएमा आवद्ध विश्वका ८० देशका एनसीसीहरुले एमआईएस प्रणाली अनुसार सदश्यता पंजीकरणको अभियान आगाडी बढाएका छन् । एनआरएनए एनसीसी अमेरिकाले मात्र विधान तथा नियमावलीको यो व्यवस्था अनुसार सदश्यता वनाएको छैन । एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन स्वच्छ र निष्पक्षरुपमा हुनु पर्छ । यो आईसीसीको मान्यता हो । निर्वाचन निष्पक्ष र स्वच्छ रुपमा सम्पन्न हुन नसकेमा आईसीसीको विधान अनुसार वाध्यात्मक कदम पनि चाल्नु पर्ने अवस्था आउन सक्छ । यसवाट आउने गम्भिर परिणामको जिम्मेवार एनआरएनए एनसीसी र निर्वाचन समिति नै हुने छ ।

आईसीसीको निर्बाचन सम्बन्धि नियमावली अन्तर्गत हरेक एनसीसीमा निर्बाचन प्रकृयालाई निरीक्षणको लागि क्षेत्रीय संयोजनको सहमतिमा पर्यवेक्षक नियुक्त गर्नुपर्छ| निर्वाचन नतिजा सवैका लागि स्विकार्य होस भन्ने उद्देश्यले मेरो निर्देशनमा आईसीसी अमेरिकाज् क्षेत्रले अहिले उठेका विवादलाई सम्वोधन गर्न तीन सदश्य समिति वनाएको थियो । विभिन्न क्षेत्रका विज्ञ रहेको उक्त समितिलाई हालसम्म भएका कामहरु, देखिएका कमि कमजोरीका विषयमा अध्ययन गरेर प्रतिवेदन पेश गर्न जिम्मेवारी दिईएको थियो । तर, एनआरएनए एनसीसी अमेरिकाले यो समितिलाई असहयोग गर्यो र सदस्यता सम्बन्धि जानकारी लगायतका कुनैपनि सूचना प्रदान गरेन। आईसीसी अमेरिका क्षेत्रको सहज र निष्पक्ष निर्वाचन गराउने प्रयासमा यो असहयोगका कारण अवरोध आयो । यसले गर्दापनि हुन लागेको एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन स्वच्छ र निष्पक्ष रुपमा हुदैन कि भन्ने थप शंका उब्जेको छ । आईसीसीको विधान अनुसार स्वच्छ र निष्पक्ष रुपमा निर्वाचन भएन भने यसलाई अस्विकार गर्ने अवस्था आउन सक्छ । यस्तो परिस्थिति नआओस भन्नेमा आईसीसी सचेत छ ।

अहिले एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन प्रकृयामा २ सय भन्दा वढी उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । संस्थामा ९ हजार भन्दा वढी मतदाता हुुनुहुन्छ । निष्पक्ष निर्वाचन हुन सक्यो भने मात्र यो सवैका लागि स्विकार्य हुन्छ । निर्वाचन परिणाम सवैको लागि स्विकार्य हुन सकेन भने अलिहेको एनआरएनए एनसीसी अमेरिकाका सदश्य मतदाताका विवरण सार्वजनिक दुरुपयोग भएका तथ्यहरु वाहिर आएका छन् । केही उम्मेदवारले ती व्यक्तिगत विवरण प्राप्त गरेर इमेल र म्यासेज पठाएको भेटिएको छ । मतदाताको व्यक्तिगत विवरण दुरुपयोग गर्ने छुट कसैलाई छैन । यस प्रति पनि आईसीसी गम्भिर छ । आईसीसीलाई नदिईएको विवरण उम्मेदवारहरु संग कसरी पुग्यो यो पनि अनुसन्धान हुनुपर्छ ।
सदश्यताको सवालमा आईसीसीको केन्द्रिय एमआईएस प्रावधान पालना गर्नु पर्ने र अहिले सदश्यताका वारेमा उठेको विवादलाई पुन भेरिफिकेसन गर्नु पर्ने अवस्था आएको छ । यस प्रकृया पुरा गरेर मात्र निर्वाचन गर्नु र गराउनु उपयुक्त हुने छ ।

माथि उल्लेखित परिस्थितिको कारणले गर्दा राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए एनसीसी अमेरिका) को चुनाब हाललाई स्थगित गरि रास्ट्रिय महाधिबेशनले तोकेकों समय परिधिभित्र रहेर सदस्यताको सम्पूर्ण विवरण एमआइएस सिस्टम अन्तर्गत दर्ता तथा भेरिफिकेसन गरेर आईसीसीले तोकेकों पर्यवेक्षकको रोहबरमा मात्र गराउनु हुन् निर्देशन छ| अन्यथा अन्तरास्ट्रिय समन्वय समितिको बिधान तथा चुनाब सम्बन्धि नियमावली अनुसार मान्यता प्राप्त नहुने व्यहोरा जानकारी गराउछु|

अन्तरास्ट्रिय समन्वय समितिको समन्धित नियमाबलिहरु यसै साथ संग्लग्न छ|

गौरी राज जोशी
क्षेत्रिय संयोजक
गैर आवासिय नेपाली संघ अमेरिकाज् क्षेत्र ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com