अमेरिकी नागरिकता अन्तरवार्तामा बदलिएका ६ प्रश्नको जवाफ


प्रकाशित मिति : माघ १७, २०७३ सोमबार

यदि तपाई अमेरिकी नागरिकताका लागि अन्तरवार्ताको तयारी गरिरहनुभएको छ भने तपाईले अवश्य पनि अन्तरवार्ताम आउनसक्ने सम्भावित प्रश्नोत्तर पढिरहनुभएको होला । तर याद राख्नुहोस्, अहिले त्यस्ता प्रश्नहरुमध्ये ६ वटा प्रश्नहरुको जवाफ पहिलेको भन्दा फरक भइसकेको छ । ती ६ वटा प्रश्नको जवाफ तपाईले पुरानो प्रश्नोत्तर सुचीका आधारमा दिनुभयो भने तपाई अन्तरवार्तामा अनुत्तिर्ण हुनसक्नुहुनेछ ।

२० –  तपाईको राज्यको सिनेटरमध्ये एकजनाको नाम भन्नुहोस् ।

यो प्रश्नको जवाफ गत जनवरी ३ पछि बदलिएको हुनसक्छ । त्यसको लागि तपाईले सिनेट डट गभमा गएर तपाईको राज्यको सिनेटर पत्ता लगाउनुहोला । न्युयोर्कको सन्दर्भमा चाल्र्स शुमेर र क्रिस्टेन ग्लीब्राण्ड सिनेटरहरु हुन् । उनीहरु डेमोक्रेटिक पार्टीका तर्फबाट सिनेटर हुन् ।

२३ – तपाईको क्षेत्रका एकजना हाउस अफ रिप्रिजेन्टेटिभको नाम भन्नुहोस् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो प्रश्नको जवाफ गत जनवरी ३ पछि बदलिएको हुनसक्छ । त्यसको लागि तपाईले हाउस डट गभमा गएर तपाईको क्षेत्रबाट युएस हाउस अफ रिप्रिजेन्टेटिभ पत्ता लगाउनुहोला ।

२८ – अमेरिकाका बर्तमान राष्ट्रपतिको नाम के हो ?

डोनाल्ड जे ट्रम्प, डोनाल्ड ट्रम्प, ट्रम्प

२९ –  अमेरिकाका वर्तमान उपराष्ट्रपतिको नाम के हो ?

माइकल आर पेन्स, माइक पेन्स, पेन्स

४३ –  तपाईका राज्यका गर्भनरको नाम के हो ?

यसको जवाफ पनि पदस्थापन मिति अनुशार बदलिएको हुनसक्छ । तपाईले अपडेट गरिएको जवाफ दिनुपर्छ । न्युयोर्कको सन्दर्भमा एन्ड्रयु कुमो राज्यका कभर्नर हुन् । तपाईका राज्यको गभर्नर पत्ता लगाउन यहाँ क्लिक गर्नुहोला ।

४६ – वर्तमान अमेरिकी राष्ट्रपतिको राजनीतिक दलको नाम के हो ?

रिपब्लिकन (पार्टी)

अमेरिकी नागरिकताको अन्तरवार्तामा सोधिने अमेरिकी सरकार र इतिहासबारेका १ सय प्रश्नहरु र जवाफका लागि यहाँ क्लिक गर्नुहोला । अन्तरवार्तामा यीनै एकसयमध्येबाट १० वटा प्रश्नहरु सोधिन्छ । त्यसमध्ये तपाईले ६ वटा प्रश्नको सही जवाफ दिनैपर्छ । 

श्रोत : युएससीआईएस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com