कार्यकारी आदेशपछि अमेरिकी नागरिकता नहुनेले ध्यान दिनुपर्ने ७ कुरा


प्रकाशित मिति : माघ १७, २०७३ सोमबार

-ज्यासन जुबो

१, त्यत्तिकै नआत्तिनुहोस् । अमेरिकामा हरेक राष्ट्रपतिलाई कार्यकारी आदेश दिने अधिकार हुन्छ । तर उनीपनि कानुनले बाँधिएका हुन्छन् । कार्यकारी आदेश कार्यान्वयनका लागि श्रोतसाधनले बाँधिएका हुन्छन् । त्यसैले उनले गर्नसक्ने कामको पनि सिमा हुन्छ । अमेरिकामा एसाइलम प्रणाली र अध्यागमन अदालतहरु अझै पनि कायमै छन् । धेरै मान्छेहरुलाई एकैपटक प्रणालीमा धकेल्दा प्रणालीमा अझै सुस्तता आउँछ ।

२, अमेरिकामा भौतिक रुपमा आइसकेका व्यक्तिलाई सरकारसँग सिधै देशनिकाला गर्ने अधिकार छैन । व्यक्तिलाई देश निकाला गर्नका लागि पनि निश्चित कानुनी प्रकृया रहेको छ । अदालतमा सुनुवाई हुनुपर्छ । सुनुवाईपछि व्यक्तिले अपिल गर्न पाउने अधिकार छ । त्यसैले कोही पनि व्यक्ति त्यत्तिकै अमेरिकाबाट एकैचोटी देशनिकालामा पर्दैन । सामान्यतया तीब्र गतिको प्रकृया अपनाउँदा समेत यो प्रकृया पूरा हुन महिनौं लाग्छ ।

३, कार्यकारी आदेशमा अमेरिकामा कानुनी रुपमा प्रवेश गरेका व्यक्तिलाई देशनिकाला गर्ने सम्बन्धमा कुनै कुरा उल्लेख छैन । त्यसैले कुनै अपराध नगर्दासम्म एसाइलम गरेका र ग्रिनकार्ड लिएका व्यक्तिलाई कुनै समस्या देखिन्न ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

४ एसाइलमको केस पेन्डिंग रहेकाहरुको सन्दर्भमा पनि यो कार्यकारी आदेशले तत्कालिन रुपमा कुनै प्रभाव पार्ने देखिन्न । कार्यकारी आदेशमा अध्यागमन सुविधाबारे थप कुरा स्पष्ट हुन बाँकी नै छ । त्यसैले यसमा एसाइलम समावेश हुन्छ वा हुँदैन अहिले नै भन्न सकिन्न । एसाइलम आवेदनको सन्दर्भमा पनि इराक, सिरिया, सुडान, इरान, सोमालिया, यमन, लिबिया लगायत मुस्लिम बाहुल्य रहेको देशका व्यक्तिको आवेदन प्रकृया केही लामो हुनसक्छ । किनभने कार्यकारी आदेशले ती देशका व्यक्तिका सम्बन्धमा अध्यागमन सुविधालाई पनि केहीसमय प्रतिबन्ध लगाएको देखिन्छ ।

५ आगामी दिनमा के हुँदैछ भन्ने विषयमा स्पष्ट अबधारणा नआउँदासम्म एड्भान्स परोल (अग्रिम जमानी) मा अमेरिका बाहिर यात्रा गर्ने योजना त्याग्नु उपयुक्त हुन्छ । यदि यात्रा गर्नेपर्ने अवस्था भएमा फर्कने बेलामा कुनै समस्या नआओस् भन्नका लागि आफ्नो वकिलसँग राम्रोसँग छलफल गर्न जरुरी छ ।

६ इराक, सिरिया, सुडान, इरान, सोमालिया, यमन, लिबियाका व्यक्तिले ग्रिनकार्ड नै भएपनि अमेरिका बाहिर यात्रा नगर्नु उपयुक्त हुन्छ । ती देशबाट आएका व्यक्तिका सन्दर्भमा स्थीति स्पष्ट छैन । यदि तपाई यी देशबाट हुनुहुन्छ, अहिले अमेरिका बाहिर हुनुहुन्छ र ग्रिनकार्ड पनि छ भने यथाशक्य अमेरिका फर्कनु उपयुक्त हुन्छ । कम्तीमा अमेरिकी दूतावासमा यसबारेमा बुझ्नुपर्छ यद्यपी दूतावासले सधै सही जवाफ दिन्छन् भन्ने कुरामा पनि आश्वस्त हुन सकिन्न ।

७ यदि कसैले अमेरिकामा अपराध गरेको छ भने अपराधको मुद्दा पेन्डिंग अवस्थामा रहेपनि त्यस्ता व्यक्तिलाई कार्यकारी आदेशलाई देशनिकालाका लागि छिटो प्रकृयामा लैजान सक्छ ।

जुबो वासिंटन डिसीमा रहेर कानुन व्यवसायमा संलग्न छन् । उनका टिप्सहरु खसोखासका पाठकलाई पनि उपयुक्त हुने ठानेर यहाँ प्रस्तुत गरेका छौं ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com