‘यो मुस्लिममाथिको प्रतिबन्ध होइन’


प्रकाशित मिति : माघ १६, २०७३ आईतबार

-डोनाल्ड ट्रम्प

अमेरिका आप्रवासीहरुको गौरवशाली देश हो । र हामीले पीडाका कारण उनीहरुका देशछाड्न बाध्यहरुप्रति सहानुभूती देखाउने कामलाई निरन्तरता दिनेछौं । तर हामीले हाम्रो देशका नागरिक र सिमाको रक्षा गरिरहेको बखतमात्र सहानुभूती देखाउने कामलाई निरन्तरता दिनेछौं । अमेरिका सभैभरी बहादुरहरुको घर र स्वतन्त्रको भूमी रहदै आएको छ । हामीले यसलाई स्वतन्त्र र सुरक्षित राख्नेछौं । यो कुरा संचारमाध्यमहरुलाई पनि थाहा छ तर भन्न अस्वीकार गर्छन् ।

मेरो नीति उस्तै नीति हो जुन राष्ट्रपति ओबामाले सन् २०११ मा लिएका थिए । त्यतीबेला उनले इराकबाट आउने शरणार्थीहरुलाई ६ महिनासम्म भिसामा प्रतिबन्ध लगाएका थिए । कार्यकारी आदेशमा उल्लेख गरिएका ७ वटा देशहरु तीनै देशहरु हुन् जसलाई ओबामा प्रशासनले नै आतंकका श्रोतका रुपमा पहिचान दिएको थियो ।

सबै स्पष्ट हुन जरुरी छ कि यो संचारमाध्यमहरुले गलत तरिकाले समाचार सम्प्रेषण गरेजस्तै मुस्लिममाथिको प्रतिबन्ध होइन । यो धार्मिक बारेमा होइन कि यो त आतंकको बारेमा हो र हाम्रो देशलाई सुरक्षित राख्ने बारेमा हो । संसारमा अरु ४० भन्दा धेरै मुस्लिम बहुसंख्यक देशहरु छन्, जो यो कार्यकारी आदेशबाट प्रभावित हुँदैनन् ।

हामी कार्यकारी आदेशमा उल्लेख गरिएका लगायत सबै देशका लागि पनि भिसा जारी गर्न थाल्नेछौं, जब आगामी ९० दिनभित्र अत्यन्तै सुरक्षित खालको नीति लागु गर्ने र पुनमूल्यांकन गर्ने कुराको हामीले सुनिश्चितता गर्नेछौं । सिरियाको दर्दनाक मानवीय संकटबाट प्रभावित व्यक्तिप्रति मेरो एकदमै ठूलो संवेदना छ । मेरो पहिलो प्राथमिकता सधैभरी हाम्रो देशको सेवा गर्नु र सुरक्षित राख्नु हुनेछ । तर राष्ट्रपतिको हैसियतमा मैले पीडामा रहेका सबैलाई सहयोग गर्नका लागि मार्गहरु पहिल्याउनेछु ।

कार्यकारी आदेशबारे ह्वाइट हाउसले सार्वजनिक गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिकृयाको भावानुवाद ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com