अमेरिकी नागरिकता, ग्रिनकार्ड लगायतका लागि १० लाखको अनलाइन आवेदन


प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार

अमेरिकी सरकारको युएससीआईएसले अमेरिकी नागरिकता लगायतका कैयन आवेदन अनलाइनमार्फत नै दिनसकिने व्यवस्था गरेपछि १० लाखले अनलाइनमार्फत आवेदन दिएको युएससीआईएसले जनाएको छ । अमेरिकी नागरिकताको आवेदन, ग्रिनकार्डको रिप्लेसमेन्ट, नागरिकताको कागजात रिप्लेसमेन्ट, नागरिकताको प्रमाणपत्रको आवेदन लगायत विभिन्न ७ प्रकारका आवेदनहरु अनलाइनमार्फत दिनसकिने युएससीआईएसले व्यवस्था गरेको छ ।

आवेदकलाई सहज बनाउनका लागि अमेरिकी सरकारले अनलाइनमार्फत कैयन आवेदन फाइल गर्न सक्ने व्यवस्था गरेको हो । जसको प्रयोग आवेदकहरुले उल्लेख्यमात्रामा गरेको पाइएको छ । युएससीआईएसका प्रवक्ता जेसिका कोलिन्सका अनुशार अनलाइन आवेदन, सुचना प्राप्ती र आवेदनबारेको अपडेट कागजी आवेदनको तुलनामा धेरै सहज रहेको छ ।

यस्ता कैयन आवेदनबारे आवेदकले शुल्कसमेत क्रेडिटकार्डबाट अनलाइनमा नै तिर्न सक्ने व्यवस्था रहेको छ । अनलाइनबाट आवेदन दिंदा पत्रका कारण हुने ढिलाईको समस्या पनि धेरै कम भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्यागमन अधिकारीहरुको पनि समयको बचत हुने तथा कागजपत्र स्क्यान, स्टोर, शेयरमा लाग्ने समय र जनशक्तिको समेत बचत हुने भएकाले युएससीआईएसले यसलाई प्रभावकारी मानेको छ । अनलाइनबाट आवेदन दिनका लागि पहिले युएससीआईएसको वेवसाइटमा गएर एकाउन्ट बनाउन जरुरी हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com