सामुदायिक विद्यालयका छात्रालाई निशुल्क सेनेटरी प्याड


प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार

देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड निःशुल्करूपमा उपलब्ध गराइने घोषणा गरिएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्दै सो घोषणा गर्नुभएको हो

सामान्यतया कक्षा ६ मा पुगेका छात्राको महिनावारी सुरु हुने गर्छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कक्षा ६ देखि १० सम्म करिब १२ लाख छात्रा सामुदायिक विद्यालयमा अध्ययनरत छन् ।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले ती सबै विद्यार्थीलाई नियमितरुपमा सेनेटरी प्याड दिने कुरा निकै चुनौतीपूर्ण रहेको बताउँदै थप्नुभयो, “यसको व्यवस्थापन महत्वपूर्ण हुन्छ । सधैं वितरण गर्नेभन्दा घरमै बनाउन सिकाउने कार्यक्रम बढी प्रभावकारी हुन्छ ।”

यसैगरी, सरकारले शैक्षिक क्षेत्र सुधारमा योगदान पु¥याउन छुट्टै कोष खडा गरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । यस्तो कार्यक्रम पहिलोपटक थालनी गर्न लागिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विक्रम सम्वत् २०७६ देखि २०८५ सम्मलाई सार्वजनिक विद्यालय सबलीकरण दशकका रूपमा कार्यान्वयन गरी शैक्षिक गुणस्तर अभिवुद्धि कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम पनि अगाडि सारिएको छ । राष्ट्रपति भण्डारीले चिनौं आफ्नो माटो, बनाऔँ आफ्नै देश अभियान सञ्चालन गरी स्नातक युवालाई फेलोसिपसहित मुलुकभर परिचालन गरिने बताउनुभयो ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, योगमाया आयुर्वेद विश्वविद्यालय र राष्ट्रिय प्रतिरक्षा विश्ववविद्यालय स्थापना गरिने भएको छ । सरकारको नीति तथा कार्यक्रममा यी विश्वविद्यालय स्थापना गर्ने योजना अगाडि सारिए पनि यी केन्द्रीय वा प्रादेशिक विश्वविद्यालय हुन् भन्ने स्पष्ट नभएको शिक्षाविद् डा. कोइरालाको भनाइ छ ।

यसैगरी, सरकारले विद्यार्थीलाई सार्वजनिक तथा निजी संस्था एवं प्रतिष्ठानको कार्यस्थलमा इन्टर्न गराउने भएको छ । आगामी दुई वर्षभित्र विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराइने र नेपाललाई साक्षर नेपाल घोषणा गर्ने कार्यक्रम ल्याइेको छ ।

सरकारले २०६५ सालदेखि नै दुई वर्षभित्र नेपाललाई निरक्षरतामुक्त गर्ने योजना अगाडि सार्दै आए पनि सम्भव हुन सकेको छैन । शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रममा प्राथमिक तहमा भर्ना भएको जुनसुकै विद्यार्थीले माध्यमिक तह पूरा गर्ने सुनिश्चित गर्न लक्षित वर्गलाई छात्रवृत्ति, दिवाखाजा र विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गरिने प्रस्ताव गरिएको छ ।

त्यसैगरी विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्ने सुनिश्चितताका लागि सामुदायिक विद्यालयका शिक्षकलाई नियमित तालिम प्रदान गर्नुका साथै शैक्षिक सामग्रीको उत्पादन र वितरणमा जोड दीने उल्लेख छ ।

त्यस्तै, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार, समृद्ध नेपाल निर्माणको आधार कार्यक्रम अन्तर्गत आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिने छ ।

सबै सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण गर्न सुरु गरिने, पानीजहाज, रेल यातायात, सुरुङ प्रविधि, खनिज अन्वेषण, जलाशययुक्त जलविद्युत् आयोजनालाई आवश्यक पर्ने दक्ष जनशक्ति विकास गर्न छात्रवृत्तिमा स्वदेश तथा विदेशमा अध्ययन गराइने भएको छ ।

त्यसैगरी प्राविधिक शिक्षामा नेपालको मौलिक कला, संस्कृति र ज्ञानको संरक्षण र प्रवर्द्धन गर्ने विषय समावेश गरी यससम्बन्धी सीपयुक्त जनशक्ति विकास गरिने कार्यक्रम अगाडि सारिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com