कट्रिनासँग रोमान्स गर्दै बिक्की कौशल
प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार
बलिवुडमा अफ्येर्स र ब्रेकापको खबर हरेक दिन जसो आउने गर्दछ । सेलिब्रेटीहरु उनीहरुको फिल्मका कारण जति चर्चामा आउने गर्दछन् त्यो भन्दा बढी उनीहरुको निजी अफ्येर्स र ब्रेकापका कारण चर्चामा आउने गर्दछन् ।
यसैक्रममा पछिल्लो मिडिया रिपोर्टका अनुसार अहिलेका चर्चित अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको अफ्येर्सको चर्चा चलिरहेको छ । उनीहरुको पछिल्लो समय नजदिकी बढिरहेको चर्चा भैरहेको छ ।
अहिले उनीहरुले सँगै फिल्ममा काम गर्न थालेपछि उनीहरुको अफ्येर्सको चर्चा झन् बढेको हो । विक्की र कट्रिनाले निर्देशक आदित्य धर र निर्माता रानी स्क्रुवालाको फिल्ममा काम गर्दै छन् । यस अघि यहि टिमले सुपरहिट फिल्म उरी बनाएका थियो ।
यस टिमसँग विक्की कौशलको तीन फिल्मको सम्झौता रहेको र यसको दोस्रो फिल्ममा कट्रिना जोडिएपछि उनीहरुको अफ्येर्सबारे चर्चा हुन् थालेको हो । केहि समय अघि कट्रिनाले एक अन्तर्वार्तामा कट्रिनाले आफु विक्की कौशलसँग सँगै काम गर्न चाहेको बताएकी थीइन् ।
कट्रिनाको सो भनाई पछि विक्कीले कट्रिनाको सो भनाई बारे आफुलाई विश्वास नलागेको प्रतिक्रिया दिएका थिए । हालै एक फिल्म अवार्ड शो मा विक्की र कट्रिना स्टेजमा फ्लर्ट गरेका थिए ।






