कार र ट्रक ठोकिदा नेकपाका चार नेता घाइते


प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका नेता सवार कार र ट्रक ठक्कर दिँदा चार जना घाइते भएका छन् ।

बुधबार अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ८ देउरालीमा भएको दुर्घटनामा परि दाङका शिवकुमार आचार्य, लक्ष्मण शर्मा, मनोहर बुढाथोकी, र शिवानन्द डाँगी घाइते भएका छन् ।
बुढाथोकी र शर्मालाई मात्रै थप उपचारको लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा लगेर उपचार थालिएको छ । शर्माको करङमा र बुढाथोकीको अनुहारमा चोट रहेको प्रहरीले जानकारी दिएको छ । मुख्यमन्त्री शंकर पोखरेलसँगै बुटवल जान लागेका नेता दुर्घटनामा परेका हुन् ।

मुख्यमन्त्री सवार गाडी अगाडि अगाडि थियो भने दुर्घटनामा परेका नेता त्यसको केही पछाडि थिए । नेता सवार बा १८ च १२५ नम्वरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४३४९ नम्वरको ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com