बिक्की कौशललाई किस गर्न चाहन्छिन जाहान्वी कपुर
प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार

धडक फिल्मबाट डेब्यु गरेकी अभिनेत्री जाहान्वी कपुर सधैँ चर्चामा रहने गरेकी छिन् । दिवंगत अभिनेत्री श्रीदेवीकी जेठी छोरी जाहान्वी बहिनी खुसीका साथ हालै नेहा धुपियाको टिभी सो बोग बिएफएफ सिजन–३ मा अतिथिका रूपमा पुगेकी थीइन् । त्यहाँ जाहान्वी र खुसीले नेहासँग खुलेर कुराकानी गरे ।
सोमा नेहाले जाहान्वीलाई बिक्की कौशल र कार्तिक आर्यनमध्ये कुन हिरोलाई चुम्बन गर्न चाहन्छौ भनेर सोधिन् । जाहान्वीले ढिलो नगरीकन उत्तर दीइन्– म बिक्कीलाई किस गर्न चाहन्छु।
जाहान्वीको यो जवाफले सबै चकित परेका छन् । किनभने, सारा अली, अनन्या पाण्डेजस्ता नयाँ हिरोइनले कार्तिक आर्यन आफ्नो क्रस भएको बताउने गरेका छन् । तर, जाहान्वीले भने बिक्कीको नाम लीइन् ।
जाहान्वी र बिक्की पछिल्लो समय तख्त फिल्ममा सँगै काम गरिरहेका छन् । करण जौहरको धर्मा प्रोडक्सनबाट बनेको तख्तमा जाहान्वी र बिक्कीका साथमा आलिया भट्ट, रणवीर सिंह, भूमि पेडनेगर र करिना कपुर मुख्य भूमिकामा छन् ।