अमेरिकामा एसाइलम गर्नेले जान्नैपर्ने २० प्रश्नोत्तर


प्रकाशित मिति : माघ १३, २०७३ बिहीबार

 

शरण भनेको के हो ?
शरण भनेको उत्पीडनको भय भएको राष्ट्रमा निष्कासनबाट एक किसिमको संरक्षणको प्रकृया हो । जसले योग्य ठहरिएका शरणार्थीलाई अमेरिकामा रहन र अन्तत वैध स्थायी बासिन्दा बन्न अनुमति प्रदान गर्छ ।

शरणका लागि कसले आवेदन दिनसक्छन् ?
हाल अमेरिकामा शारिरिक रुपमा रहेका कुनै पनि देशका नागरिक वा अभिहित गरिएको वा नगरिएको प्रवेश नाकामा प्रवेश गरिरहेका व्यक्तिले शरणका लागि आवेदन दिनसक्छन् ।

मैले शरणका लागि आवेदन कहिले दिनुपर्नेछ ?
सामान्यतया तपाईले पछिल्लो पटक अमेरिका आइपुगेको एकबर्षभित्र शरणका लागि निवेदन दिनुपर्छ । तपाईको मातृभूमिमा भएका परिवर्तित परिस्थीतिहरु जसले तपाईको योग्यतामा असर पार्छ वा तपाइको ढिलो दर्तासँग सम्बन्धित असाधारण परिस्थीतिमा अपवाद लागुहुनसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि म अमेरिकामा गैरकानुनी रुपमा बसिरहेको छु भने पनि के म शरणका लागि आवेदन दिन सक्छु ?
सक्नुहुन्छ । तपाईको अध्यागमन स्थीति जे भएपनि तपाईले आवेदन दिनसक्नुहुन्छ । यदि तपाई पछिल्लो पटक आएको एकबर्षभित्रमा आवेदन दिएको खण्डमा वा त्यो नियम पालन गर्न अपवादका लागि योग्य भएको देखाउनुभएमा शरणका लागि आवेदन दिनसक्नुहुनेछ ।

यदि म कुनै अपराधमा दोषीको अभियोग लगाइएको छु भने पनि आवेदन दिन सक्छु ?
सक्नुहुन्छ । यद्यपी अपराधको प्रकृति हेरेर तपाईलाई शरण प्रदान गर्नबाट भने रोक्न पनि सकिन्छ ।

के मलाई आवेदन दिन वा शरण प्रदान गर्नबाट रोक लगाउन सकिन्छ ?
तपाईलाई शरणका लागि आवेदन दिनबाट रोक लगाउन सकिन्छ यदि तपाईले पहिले पनि शरणका लागि आवेदन दिनुभएको र अध्यागमन न्यायाधिस वा अध्यागमन पुनरावेदनको बोर्डले अस्वीकृत गरेको छ भने, तपाईले पछिल्लो पटक आउनुभएको एकबर्षभित्रमा आवेदन दिनुभएको रहेनछ भने वा तपाईलाई दुईपक्षीय वा बहुपक्षीय सम्झौता अनुशार सुरक्षित रहेको तेश्रो देशमा पठाउन सकिन्छ भने । तपाई कुनै निश्चित आपराधिक गतिविधि, सुरक्षसँग सम्बन्धित मामला वा अरु कसैको यातानाको अभियोगमा संलग्न हुनुहुन्छ भने वा अर्को देशमा राम्रोसँग पुनस्थापित भइसक्नुभएको छ भने पनि तपाईलाई शरण पाउनबाट रोक लगाउन सकिन्छ । केही अपवादहरु लागुहुनसक्छन् । यदि तपाईको शरणको आवेदन दिनलाई रोक लगाइएको छ भने यद्यपी तपाईलाई हटाउनबाट अझै पनि रोक्न, अर्को हटाउने क्रममा अझ सिमित प्रकृतिको सुरक्षाको हकदार हुन सक्नुहुन्छ ।

शरणका लागि म कसरी आवेदन दिनसक्छु ?
शरणका लागि आवेदन दिन तपाईले आई ५८९ फारम, एप्लिकेशन फर एसाइलम एण्ड फर विथ होल्डिंग अफ रिमोभल पूरा गरी भर्नुपर्छ । र त्यसका निर्देशनहरुलाई ध्यानपूर्वक पालना गर्नुपर्छ । फारम युएससीआईएसको वेवसाइटमा गएर डाउनलोड गर्न सकिन्छ ।

शरणको आवेदन दिन कति शुल्क लाग्छ ?
शरणका लागि आवेदन दिन कुनै शुल्क लाग्दैन ।

मेरो मुद्दामा मेरो श्रीमान् वा श्रीमति र बालबालिकाहरुलाई पनि समावेश गर्न सक्छु ?
अमेरिकामा भएका तपाईका श्रीमान् वा श्रीमति र बालबालिकाहरुलाई तपाईले आवेदन दिंदा वा तपाईको मुद्दाको अन्तिम निर्णय नभएसम्म जुनसुकै बेला संलग्न गराउन सक्नुहुन्छ । तपाईको आवेदनमा तपाईसित आश्रित व्यक्तिका रुपमा संलग्न गर्न बालबालिका २१ बर्ष मुनिको र अविवाहित हुनुपर्छ । शरणका लागि अन्तरवार्ताका क्रममा तपाईले तपाईमाथि आश्रित सबै व्यक्तिहरुलाई लिएर आउनुपर्छ ।

यदि मैले शरणका लागि आवेदन दिएँ भने के मेरो सुरक्षा र पृष्ठभूमि परिक्षण गरिन्छ ?
गरिन्छ । शरणका लागि निवेदन दिने प्रत्येक व्यक्तिको पृष्ठभूमि र सुरक्षा जाँच गरिन्छ । यहि परिक्षणको परिणाम स्वरुप तपाईलाई शरण प्राप्तिका लागि अयोग्य ठहराइन पनि सकिन्छ ।

मैले शरणका लागि आवेदन दिंदा मेरो औंठा छाप लिइन्छ ?
लिइन्छ । तपाईले आफ्नो शरण आवेदन बुझाउनु भएपछि तपाइले हुलाक मार्फत एउटा सुचना पाउनुहुनेछ, जसमा आवेदन सहयोग केन्द्रमा तपाईको औठाछाप लिने समय, मिति र स्थान उल्लेख गरिएको हुन्छ ।

शरणको निवदेन पेश गरेपछि के म काम गर्न सक्छु ?
तपाईले शरणका लागि आवेदन दिंदा त्यही समयमा कामको अनुमतिका लागि आवेदन गर्न सक्नुहुन्न । यद्यपी यदि तपाईले शरण आवेदन पूरा गर्नु भएको एकसय पचास दिन पूरा भइसकेपछि भने कामको अनुमतिका लागि आवेदन गर्न सक्नुहुन्छ । तपाईको कारणबाट भएको ढिलाई नगनिने र आवेदन माथि कुनै निर्णय नगरिएको हुनुपर्छ । यसबाहेक यदि शरणार्थीको रुपमा मान्यता दिइयो भने तपाइको शरणबारेको मुद्दा स्वीकृत हुने बित्तिकै तपाइले कामका लागि अनुमति पाउनुहुन्छ ।

शरणका लागि आवेदन दिइसकेपछि के म अमेरिका बाहिर यात्रा गर्न सक्छु ?
यदि तपाईको शरणबारेको मुद्दाको अन्तिम निर्णय हुनुअघि नै तपाईलाई अमेरिका बाहिरको यात्रा गर्न जरुरी भए तपाईले अग्रिम अनुमति लिनुपर्छ । यसलाई अमेरिकामा फर्कनका लागि अमेरिका छाड्नु अघि नै लिइने अग्रिम जमानी अर्थात् एड्भान्स परोल पनि भनिन्छ । यदि तपाईले अग्रिम जमानी लिनुभएन भने युएससीआईएसले तपाईले आफ्नो निवदेन रद्द गर्नुभएको मान्नेछ । र तपाईलाई पुन अमेरिका प्रवेश गर्न अनुमति नदिन पनि सक्छ । यसबाहेक यदि तपाईले अग्रिम जमानी लिएर यातना हुनसक्ने डर भएको देशमा फर्किनु भयो भने युएससीआईएसले तपाईको शरण आवेदनलाई तपाईले रद्द गरेको मान्नेछ जबसम्म तपाईले आफ्नो फिर्तीको बारेमा विश्वस्त हुने कारणहरु प्रस्तुत गर्नुहुन्न ।

के मलाई मेरो शरण अन्तरवार्तामा कसैले सहयोग गर्नसक्छ ?
तपाईले अमेरिकी सरकारलाई शुल्कको भार नपर्ने गरी आफ्नो वकिल वा काननी प्रतिनिधिलाई शरण अन्तरवार्ताका लागि ल्याउन सक्नुहुन्छ ।

यदि म अँग्रेजी बोल्दिन भने मेरो अन्तरवार्ता कसरी लिइन्छ ?
तपाईलाई एकजना दोभाषेको माध्यमबाट अन्तरवार्ता लिइनेछ । युएससीआईएसले दोभाषे उपलब्ध गराउँदैन । तपाईले आफै आफ्नो अन्तरवार्ताका लागि दोभाषे लिएर आउनुपर्छ । यदि तपाईको दोभाषेले प्रयाप्त मात्रामा अँग्रेजी बोल्न सक्दैन भने तपाईको अन्तरवार्ता पुन अर्को मितिमा गर्नेगरी पुन निर्धारण गरिन्छ । ताकी तपाईले अझ सक्षम दोभाषे खोज्न सक्नुहोस् ।

मेरो शरण अन्तरवार्तामा के हुनेछ ?
तपाई शरण कार्यालयमा एक शरण अधिकारीसँगको गैर प्रतिद्धन्दीक अन्तरवार्ताका लागि आउनुहुनेछ । जसले तपाईको परिचय पुष्टि गर्नेछन् । र सामान्य परिचयात्मक प्रश्नहरु सोध्नेछन् । अन्तरवार्तामा तपाईले बताउनुभएका सबै कुरा गोप्य हुनेछन् । तपाईले आफ्ना अनुभवहरु शरण अधिकारीलाई सम्भव भएसम्म विस्तृत रुपमा बताउन आवश्यक छ । ताकी उसले तपाई शरणार्थी बन्न योग्य हुनुहुन्छ भनेर निर्धारण गर्न सकोस् । शरण अन्तरवार्ता भएकै दिन तपाइको मुद्दाको बारेमा निर्णय हुनेछैन ।

शरण अधिकारीले म शरणका लागि योग्य छु कि छैन भनेर कसरी निर्धारण गर्छ ?
शरण अधिकारीले तपाई शरणार्थीको परभाषाभित्र पर्नुहुन्छ कि हुन्न, तपाइले आफ्नो आवेदनमा प्रस्तुत गर्नुभएको जानकारी र शरण अधिकारीसँगको अन्तरवार्ताका आधारणमा शरण दिन रोक्नु पर्ने स्थीति छ छैन तथा तपाइले अधिकारीसमक्ष उपलब्ध गराएको अन्य जानकारीका आधारमा समिक्षा गरेर तपाइको योग्यताको निर्धारण गरिन्छ ।

म शरणका लागि अयोग्य भएको फेला परे के हुन्छ ?
यदि तपाई अयोग्य सावित हुनुभयो तर वैध अध्यागमन अवस्थामा हुनुहुन्छ भने वा अमेरिकामा रहन योग्य हुनुहुन्छ (अस्थायी संरक्षणको स्थीति वा कुनै मुद्दाहरुमा, जमानी ) भने तपाईले सुचना पाउनुहुनेछ । जसमा तपाइको मुद्दालाई अस्वीकार गर्नु र तपाई अयोग्य हुनुको कारणको वर्णन गरिएको हुनेछ । तपाईले यी कारणहरुको खण्डन गर्न र आफ्नो मुद्दालाई समर्थन गर्न थप प्रमाणहरु प्रस्तुत गर्ने मौका पाउनु हुनेछ । यदि तपाईसित बैध अध्यागमनको अवस्था छैन वा तपाई अमेरिकामा रहिरहन योग्य हुनुहुन्न भने तपाईलाई हटाउने प्रकृयामा राखिनेछ । र तपाइको मुद्दालाई अध्यागमन न्यायाधिस समक्ष पठाइनेछ जसले तपाईको शरण प्राप्तीको दावीलाई पुन समिक्षा गर्नेछन् ।

मैले मेरो मुद्दाको स्थीति कसरी पत्ता लगाउन सक्छु ?
कृपया तपाईको शरण अन्तरवार्ता लिएको वा लिने युएसससीआईएस शरण कार्यालयमा सम्पर्क राख्नुहोस् ।

मैले कानुनबारे जानकारी कता पाउन सक्छु ?
शरणका लागि कानुनी आधार अध्यागमन तथा राष्ट्रियता ऐन को धारा २०८ बाट आएको छ । शरणका लागि योग्यताको आवश्यकता र प्रकृयाको बारेमा वर्णन गर्न संघीय नियमावलीलाई कोड अफ फेडरल रेगुलेशनको ८ सीएफआर २०८ मा पाउन सक्नुहुन्छ ।

युएससीआईएसबाट ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com