सहरकाे फाेहाेर सिधै नदीमा


प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार

देश ५ का मुख्यमन्त्री शंकर पोखरेल फागुन २ गते बुटवलको सडक सरसफाइमा जुटे, नालीमै पसेर फोहोर टिपे । उनीसँगै सरकारी उच्च अधिकारी तथा बुटवल नगरपालिकाका मेयर–उपमेयरसहितको टोलीले बिहानभरि संकलन गरेको फोहोर तिनाउ नदीको किनारमा लगेर फालियो ।

देश स्थापनाको अवसर पारेर सरकारले फागुन २ गतेदेखि सफा र स्वस्थ प्रदेश अभियानको सुरु गरेको छ । तर प्रदेश मुकाममै फोहोर व्यवस्थापनको उचित प्रबन्ध हुन नसक्दा अभियानले सफलता हासिल गर्नेमा आशंका छ । नदीकिनारमा फोहोर फालिँदा तिनाउ, डन्डा, दानव, रोहिणी नदीमा प्रदूषण बढेको छ । बुटवल उपमहानगरपालिकाले दैनिक रूपमा जम्मा हुने ५४ टन फोहोर सुकुमबासी बस्तीनजिकैको तिनाउ नदीकिनारमा फ्याँक्ने गरेको छ ।

उपमहानगरले नदी प्रणालीलाई असर नगर्नेगरी ‘कन्ट्रोल्ड डम्पिङ’ गरेको दाबी गरे पनि हात्तीसुँडमा भने नदी बहाव क्षेत्रमै कुहिने–नकुहिने सबै प्रकृतिको फोहोर फालिन्छ । फोहोरले फैलिने दुर्गन्ध, झिँगा र लामखुट्टेका कारण सुकुमबासी बस्तीमा बसिनसक्नु हुन्छ । वर्षामा कुलो–नहरमार्फत प्लास्टिक तथा सिसाजन्य फोहोर किसानका खेतमा पुग्छ । त्यसले उत्पादन प्रणालीलाई नै असर गरिरहेको स्थानीय अगुवा किसान बताउँछन् । याे समाचार रेखा भुसालले नागरिकमा लेखेकी छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com