प्वाइन्टमा आधारित नयाँ अध्यागमन प्रस्ताव ल्याउँदै ट्रम्प
प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बरिष्ठ सल्लाहकार समेत रहेका ज्वाई जारेड कुश्नरले केही दिनमा नै ट्रम्पले नयाँ अध्यागमन प्रस्ताव ल्याउन लागेको खुलासा गरेका छन् । उक्त प्रस्तावमा सिमा सुरक्षा र अध्यागमन सुधारको विषयलाई समेटिने जनाइएको छ ।
उक्त योजनामा कागजपत्रविहिनलाई रोक्ने विषयलाई प्राथमिकताका साथ समेटिएको छ । साथै मेरिटमा आधारित प्वाइन्ट सिस्टमको अध्यागमन प्रणाली लगायतका विषयलाई पनि प्रस्तावमा समेटिने जनाइएको छ । ट्रम्पले यसैसाताको अन्त्यको अर्को साताको सुरुमा उक्त प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ ।
ट्रम्पले ल्याउन लागेको प्रस्तावको ड्राफ्ट भने सार्वजनिक भइसकेको छैन । अमेरिकाको अध्यागमन कानुनमा बृहत परिवर्तनका लागि भने संसदको अनुमोदन आवश्यक हुने भएकाले ट्रम्पको प्रस्तावको अर्थबारे विश्लेषण सुरु गरिएको छ ।