मिस्टर मोडल अफ द वर्ल्ड कार्कीले नागको मूर्तिमा टेकेपछि सामाजिक सञ्जालमा आलोचना
प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार

मिस्टर मोडल अफ द वर्ल्र्ड दिक्पाल कार्कीले नागको मूर्तिमा टेकेको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको छ । भक्तपुर दरवार स्क्वायरमा रहेको नागको मूर्तिमा खुट्टा राखेको तस्वीर कार्कीले केहीबेर सामाजिक सञ्जालमा राखेर चर्को आलोचना भएपछि हटाएका थिए ।
कार्कीले भने आफ्नो उद्देश्य कुनै धार्मिक आस्थामाथि आघात पुर्याउने नरहेको स्पष्टीकरण समेत दिएका छन् । आफनो तस्वीरले कसैको आस्थामा ठेस पुगेको भएमा आफू क्षमाप्रार्थी रहेको उनले बताएका छन् ।