शरण दिने कार्यक्रम ४ महिना खारेज !


प्रकाशित मिति : माघ १२, २०७३ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी  गरेको कार्यकारी आदेशमा शरणार्थी कार्यक्रममा कडाई गर्ने उल्लेख छ । ४ महिनाका लागि विश्वका कुनैपनि देशका नागरिकलाई अमेरिका शरण दिने कार्यक्रम पूर्णतया रद्द गरिएको छ ।

कार्यकारी आदेशमा सिरिया जस्ता युद्धग्रस्त देशका नागरिकलाई शरणदिने काम तुरुन्तै बन्द गर्ने, शरणार्थी कार्यक्रम १२० दिनका लागि सस्पेण्ड गर्ने, त्यसपछि डिपोर्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी, स्टेट डिपार्टमेन्ट र डाइरेक्टर अफ नेशनल इन्टेलिजेन्सले संयुक्तरुपमा स्वीकृति प्रदान गरेका देशबाटमात्र शरणार्थी स्वीकार्ने उल्लेख छ ।

त्यस्तै सन् २०१७ मा १ लाख १० हजारलाई शरण प्रदान गर्ने ओबामाको योजना विपरित बढीमा ५० हजारलाईमात्र शरणप्रदान गर्ने  जनाइएको छ । डिभिजन ओ, टाइटल २ अन्तरगत रहेका सातवटा देशहरुबाट आप्रवासी र गैरआप्रवासी दुबै प्रकारको आगमनमा ९० दिनका लागि  लागि प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै अमेरिकामा आउँदाजाँदा सबैलाई अनिवार्य औंठाछापको प्रणालीलाई दु्रत बनाउने र अमेरिकामा कुनै पनि प्रकारको भिसामा आउन चाहनेहरुलाई व्यक्तिपिच्छे अन्तरवार्ता लिनुपर्ने समेत कार्यकारी आदेशमा उल्लेख छ । भिसाका लागि अन्तरवार्ता दिनु नपर्ने वेभर कार्यक्रम अनिश्चितकालका लागि खारेज गरिएको छ  ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पको कार्यकारी आदेशलगत्तै अमेरिकाका विभिन्न विमानस्थलहरुमा इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका नागरिकहरुलाई नियन्त्रणमा लिइएको छ । उनीहरुमध्ये केही अमेरिकामा ग्रिनकार्ड प्राप्त व्यक्तिहरुसमेत छन् । अमेरिकाको नागरिकता लिएका व्यक्तिले ती देशको समेत दोहोरो नागरिकता राखेको भएमा उनीहरुलाई पनि अमेरिका प्रवेशमा निगरानी गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com