नेपालीको टीपीएसको स्थायी समाधानको माग गर्दै कँग्रेसम्यान पिटर किङ्गलाई ज्ञापन पत्र


प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार

अमेरिकी सरकारले अमेरिकामा बस्ने नेपालीहरुलाई प्रदान गरेको टीपीएस सुविधाको स्थायी समाधानको माग गर्दै कँग्रेसम्यान पिटर किङ्गलाई ज्ञापन पत्र बुझाइएको छ । लंग आईल्याण्ड नेपाली समाजका अध्यक्ष टिकाराज ढकालको नेतृत्वमा टीपीएसको स्थायी समाधानको माग गर्दै ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापन पत्र बुझाउने टोलीमा अधिकार संस्थाकी प्रार्थना गुरुङ, अरुणा बास्कोटा, समाजका उपाध्यक्ष कल्पना थापा, एनआरएनए न्युयोर्क च्याप्टरका महासचिव महेश खड्का, जनसम्पर्क समिति अमेरिका लंगआईल्याण्ड च्याप्टरका सभापति विश्व वास्तोला, उपसभापति विनोद थापा, अमित सिंह लगायत हुनुहुन्थ्यो ।

समाजका अध्यक्ष टिका ढकालले बितेको बर्ष पनि आफ्नो समुदायको समस्या ल्याउदा सकारात्मक जवाफ र सहयोग पाएको स्मरण गराउदै अहिले अस्थाई नभई टीपीएसवाहकको स्थायी समाधान खोज्न सुझाव दिनुभयो । अधिकारकी प्रतिनिधि प्राथना गुरुङले अमेरिकामा नेपालीको टीपीएसको स्थायी समाधान साथै डाका लगायत विभिन्न अध्यागमन समस्याको बारेमा जानकारी दिदै समाधानको लागी सहयोगको अपिल गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

च्याप्टर महासचिब महेश खड्काले टीपीएसको स्थायी स्थाई समाधान आवश्यक हुनुको कारण र यसबाट उनीहरुका परिवारलाई भएको फाइदाबारे बताउनुभयो । कँग्रेसम्यानबाट यसबारेमा सकारात्मक जवाफ आएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com