केयू मेडिकलमा ठगीः शुल्कमा मिटर ब्याज नतिरे फेल


प्रकाशित मिति : बैशाख ३, २०७६ मंगलबार

काठमाडौँ विश्वविद्यालयले एमबीबीएस अध्ययनरत विद्यार्थीसँग शैक्षिक शुल्कका नाममा ‘मिटर ब्याज’ असुल्ने गरेको भेटिएको छ ।

केयूको विस्तारित कार्यक्रका रुपमा स्थापित विराटनगरको विराट मेडिकल कलेज र रुपन्देहीको देवदह मेटिकल कलेजले सरकारले तोकेभन्दा लाखौँ बढी असुल्दै आएका हुन् ।

उक्त शुल्कसहित अतिरिक्त रकम समयमै नबुझाउनेसँग यी कलेजले ब्याजमाथि ब्याज लिने गरेका छन् । दुवै कलेज काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सद्वारा सञ्चालित कार्यक्रमअन्तर्गत पर्छन् ।

यो समाचार आजको कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com