लिभरपुलका पूर्व कप्तानको सुतेकै अवस्थामा निधन
प्रकाशित मिति : चैत्र २९, २०७५ शुक्रबार

लिभरपुलका पूर्व कप्तान टोमी स्मिथको निधन भएको छ । जसको गोलले पहिलो पटक युरोपीयन कप जित्न सहयोग गरेको थियो उनको ७४ बर्षको उमेरमा निधन भएको हो ।
लिभरपुलले उनको निधन भएको कुरा शुक्रबार आफ्नो वेवसाइटबाट सार्बजनिक गरेको हो । उनकी छोरी जेनिटी सिम्पसनले आफ्नो नर्सिङ होममै बुबाको निद्रार्म शान्तिपुर्ण निधन भएको बताएकी छन् ।
उनले सन् १९६० देखि ७० को समयमा घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा क्लबलाई सफलता दिलाउन महत्वपूर्ण योगदान गरेका थिए ।
१८ वर्ष एनफिल्डमा बिताएका स्मिथ एनफिल्ड आइरनका रुपमा पनि परिचित थिए । लिभरपुललाई सन् १९७७ को युरोपियन लिगको उपाधि दिलाउन उनले फाइनलमा गोल गरेका थिए । स्मिथले लिभरपुलबाट सन् १९६० देखि १९७८ सम्म खेल्दा कुल ६३८ खेल खेलेका थिए ।
उनले सो क्रममा ९ ट्रफी जितेका थिए । त्यस्तै इंग्लिस कप उपाधि हात पारेका थिए । उनको उपस्थितीमा क्लबले २ एफए कप, एक युरोपियन कप र दुई युईएफए कप जिताएका थिए । पछिल्लो पटक जिवनमा उनी विभिन्न रोगबाट ग्रसित थिए ।