डोनाल्ड ट्रम्प बिरुद्ध लाखौं सडकमा


प्रकाशित मिति : माघ ८, २०७३ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध शनिवार अमेरिकाका सडकहरुमा लाखौंले प्रदर्शन गरेका छन् । विश्वभर ६ सय भन्दा धेरै प्रदर्शनहरु गरिएपनि सबैभन्दा मुख्य प्रदर्शन वासिंटन डिसीमा गरिएको थियो । डोनाल्ड ट्रम्पको शासनकालमा महिला अधिकार जोखिममा रहेको भन्दै ट्रम्पबिरुद्ध प्रदर्शन गरिएको हो ।

वासिंटन डिसीमा ट्रम्पबिरुद्ध गरिएको प्रदर्शनमा ५ लाख भन्दा धेरैको उपस्थीति रहेको सिटीका अधिकारीहरुको अनुमान रहेको छ । प्रदर्शनमा अपेक्षा गरिएभन्दा धेरैको उपस्थीति रहेका थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डोनाल्ड ट्रम्पको पद र सपथग्रहण कार्यक्रममा भन्दा बिरोध प्रदर्शनमा धेरैको उपस्थीति रहेको थियो । शिकागोमा डेढलाख भन्दा धेरै सडकमा उत्रिएर ट्रम्पको बिरुद्ध प्रदर्शन गरेका छन् भने लस एन्जलसमा पनि ट्रम्पबिरुद्धको प्रर्दशनका क्रममा सडकहरु भरिभराउ भएका थिए ।

लण्डनमा ट्रम्पबिरुद्धको प्रदर्शनमा ८० हजारदेखि १ लाखको उपस्थीति रहेको बीबीसीले जनाएको छ । अष्टे्रलिया, न्युजिल्याण्ड र एसियाका अन्य शहरहरुमा पनि ट्रम्पकोबिरुद्ध प्रदर्शनहरु भएका छन् । सिड्नी र मेलबर्नमा ठूलो संख्यामा प्रदर्शनकारीहरु भेला भएका थिए । बार्सिलोना, रोम, आम्स्टर्डम, जेनेभा लगायतका युरोपियन शहरहरुमा पनि ट्रम्पबिरुद्ध प्रदर्शनहरु भएका छन् ।

डोनाल्ड ट्रम्पबिरुद्ध डिसीमा गरिएको प्रदर्शन । 

तस्विरहरु : बीबीसी र हफिंटन पोष्ट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com