‘नेपालका धेरै अनाथालयमा स्वयंसेवा गर्नु बालशोषणलाई सघाउनु हो’ – अमेरिकी दूतावास


प्रकाशित मिति : चैत्र २४, २०७५ आईतबार

नेपालमा स्वयंसेवा गर्न चाहने अमेरिकन नागरिकका लागि अमेरिकी दूतावास काठमाडौंले विभिन्न सुझावहरु दिएको छ । उक्त सुझावको पूर्ण पाठ यस्तो छ ।

नेपाल आउने कतिपय अमेरिकी नागरिक यहाँका पिछडिएका वर्ग र बालबालिकाको हितका लागि कुनै अनाथालय वा अन्य संस्थामा काम गर्न इच्छुक हुन्छन् । कोही चाहिँ नगद वा सामग्रीहरू दिएर सहयोग गर्न चाहन्छन् । यो प्रशंसनीय प्रयास हो । तर धेरै यस्ता स्वयंसेवा वा सहयोग ती अनाथालय वा बालगृहहरूमा गरिन्छन्, जो वास्तवमा परोपकारका लागि खोलिएका हुँदैनन् ।

दूतावासले यसबारेमा सूचनाहरू पाएको छ, जसलाई हामीले गम्भीरतापूर्वक लिएका छौं । ती अनाथालय वास्तवमा नाफा कमाउनका लागि खोलिएका संस्थाहरू हुन सक्छन्, जसको उद्देश्य विदेशबाट पैसा ल्याउने वा स्वयंसेवीहरूबाट दान लिने मात्र हुन्छ । ती अनाथालयमा राखिने अधिकांश बालबालिका अनाथ हुँदैनन् । त्यस्ता संस्थामा स्वयंसेवा गर्नु भनेको अप्रत्यक्ष रूपमा बालशोषणलाई सघाउनु हो ।

नेपालमा स्वयंसेवा गर्न इच्छुक व्यक्तिहरूले यहाँ क्रियाशील एक अमेरिकी गैरसरकारी संस्थाले हालै प्रकाशित गरेको ‘इथिकल भोलुन्टियरिङ’ सम्बन्धी रिपोर्ट हेर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा काम गरेको लामै अनुभव भइसकेका व्यक्तिहरूलाई पनि कुन संस्था असल उद्देश्यले स्वयंसेवा गर्न उपयुक्त हुनेगरी खोलिएको हो र कुन नाफा मात्र कमाउने अभिप्रायले खोलिएको हो, छुट्याउन गाह्रो पर्छ । अनाथालय र बालगृहहरूको वैधानिकता जाँच गर्न नेपालको केन्द्रीय बालकल्याण समितिले सहयोग गर्नसक्छ र तिनीहरू विरुद्ध कुनै गुनासो भए त्यसउपर पनि कार्यवाही गर्छ । यसका लागि समितिमा नमुना भुसाललाई फोन+977-9851139474 अथवा ईमेल [email protected] मार्फत सीधै सम्पर्क गर्न सक्नुहुनेछ ।

कृपया ध्यान दिनुहोला, बालकल्याण समिति वा नेपाल सरकारसँग सबै गैरनाफामूलक संस्थाहरूको अनुगमन र नियन्त्रण गर्नसक्ने पर्याप्त क्षमता छैन । तपाईंलाई कुनै संस्थाकोबारेमा केही शङ्का छ भने अन्य स्थापित राष्ट्रिय वा अन्तर्राष्ट्रिय संस्थामार्फत सहयोग गर्नु उचित हुनेछ ताकि तपाईंको पैसा र समय अन्जानमै बालशोषणलाई टेवा पुर्‍याउने काममा खर्च नहोस् । विदेशमा स्वयंसेवा गर्नेसम्बन्धमा उत्कृष्ट अभ्यासहरू बारेमा जानकारीका लागि अमेरिकी विदेश मन्त्रालयको वेबसाइट हेर्नुहोला ।

अमेरिकी दूतावास काठमाडौंको वेवसाइटबाट साभार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com