असिना पानीसहित आएको हुरीले यहाँ वितण्डा मच्चाएको एक साता भएको छ । प्रभावित क्षेत्रका अधिकांश गाउँलेको बास अहिले टेन्टमा छ । ओत लाग्ने अस्थायी व्यवस्था भए पनि उनीहरूमा सम्भावित हुरी र वर्षात्ले निम्त्याउन सक्ने विपत्तिको त्रास भने हटेको छैन ।
‘हुरी दोहोरिएर आए के गर्ने ? हामीसँग विकल्प नै छैन,’ भरबलियाका ७० वर्षीय रामचन्द्र मुखियाले भने, ‘अहिले हावाहुरीको मौसम छ । वर्षातको समय नजिकिँदै छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् ।
बासस्थानको समस्या बालबालिका र वृद्धवृद्धालाई बढी छ । गर्मी बढदो छ । शीतल ताप्ने छहारीसम्म छैन । रुखबिरुवा समेत हुरीले ढालेको छ, कतै हाँगाबिँगा उडाएको छ । ‘राति हावा आउँदा टेन्टसितै उडाएर लग्ला जस्तो हुन्छ,’ स्थानीय श्यामप्रसाद कुर्मीले भने, ‘डरैडरले रात काट्छौं ।’
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।