अमेरिकामा कामदार भिसाका लागि ५ दिनमै कोटा पूरा


प्रकाशित मिति : चैत्र २२, २०७५ शुक्रबार

आर्थिक बर्ष २०२० का लागि आवश्यक कामदार भिसा एचवान बीका लागि आवश्यक आवदेनहरु प्राप्त भइसकेको युएससीआईएसले जनाएको छ । आर्थिक बर्ष २०२० का लागि जारी हुने ६५ हजार भिसाका लागि अप्रिल १ देखि ५ सम्मको अवधिमा प्रयाप्त आवेदन प्राप्त भइसकेको युएससीआईएसले स्पष्ट पारेको छ ।

अमेरिकन डिग्री होल्डरका लागि छुट्याइएको २० हजारको कोटाका लागि प्रयाप्त आवेदन परे नपरेकोबारेभने छिट्टै निर्धारण गरिने युएससीआईएसले जनाएको छ । छनौट नभएका आवेदनहरु युएससीआईएसले दर्ता शुल्क सहित फिर्ता गर्नेछ ।

अहिले एचवान बी भिसा प्राप्त गरेर काम गरिरहेकाहरुका लागि फाइल गरिएका आवेदन भने युएससीआईएसले आगामी दिनमा समेत स्वीकार्नेछ । अवधि थप्न, शर्तहरु परिवर्तन गर्न, कामदार परिवर्तन गर्न र दोश्रो एचवानबी पोजिशनमा काम गर्नका लागि परेका आवेदन भने स्वीकार गरिने र प्रकृयामा लगिने युएससीआईएसले जनाएको छ ।

अमेरिकी बिजनेशहरुले एचवान बी भिसामा विदेशी कामदारहरु भित्राउन पाउने प्रावधान रहेको छ । विदेशी मास्टर्स वा ब्याचलर डिग्री गरेकाहरु योग्य हुने ६५ हजारको कोटामा यो बर्षदेखि अमेरिकन डिग्री होल्डरले समेत भाग लिन पाउने गरी नियम समेत परिवर्तन गरिएको छ । ६५ हजारको कोटामा नछानिएका अमेरिकन डिग्री होल्डरहरुले थप २० हजारको कोटामा सहभागिता जनाउन पाउनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com