जात, धर्म, पार्टी या कुनै समुह नभनी नेपाली भएर बस्न रक्षामन्त्रीको सुझाव


प्रकाशित मिति : चैत्र १८, २०७५ सोमबार

नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बिदेशमा रहेका नेपालीहरुलाई नेपाली भएर बस्न सुझाव दिएका छन् । बिभिन्न जात, धर्म, पार्टी या कुनै समुहमा बिभाजित नभई नेपाली भएर बस्न सुझाव दिएका हुन् ।

प्रवासी नेपाली मञ्चले न्यूयोर्कमा आयोजना गरेको सम्मान तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले यहाँ रहेका नेपालीहरुलाई मिलेर बस्न भनेका छन् । उनले भने, मैले सुने यहाँ संगठित रुपमा बिभिन्न जातिका पनि फरक फरक समुह छन भन्ने, अनि पार्टी पार्टीमा बिभाजित भएको पनि देखियो, त्यसो नगर्नुस तपाईहरु नेपाली भएर बस्नुस ज्ञान, सिप, र पैसा आर्जन गर्नुस, सम्पन्न बन्नुस ।

आफ्नै जातिमा पनि पानी पोखरेल र दुध पोखरेल रहेको जनाउँदै, रक्षामन्त्री पोखरेलले बिदेशमा नेपालीहरु बिभाजित भएको तर्फ इंगित गर्दै भने तपाईहरु नेपाली भएर बस्नुस, देश बिकासमा सहकार्य गर्नुस । रक्षामन्त्री पोखरेलले यहाँ रहेका नेपालीहरुलाई देश बनेन भनेर गुनासो मात्रै नगरी निश्चित योजनाका साथ सरकारसंग हातेमालो गर्न आग्रह समेत गरेका छन् । उनले देश बिकासका लागि एउटा छातामा आउन आग्रह समेत गरे ।

दुई तिहाईको सरकारले समृद्ध नेपालको जग हालेको बचाउँ गर्दै उनले भने, अहिले हामीले जग हालेका छौं, यही सरकारले तपाई हाम्रो सपनाको महल बनाउँछ । लगानी सम्मेलन देखाउनका लागि नभई देश बिकासको आधार भएको जिकिर गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक बर्षे कार्यकालको बचाउँ गर्दै मन्त्री पोखरेलले भने यो सरकार प्रणाली परिर्वतन हुँदा बनेको सरकार हो, स्थानिय देखी केन्द्र सम्म सरकार छ, त्यसका केही प्राविधिक कामहरु भएका छन्, हामीले तीन सय ३९ वटा काननुहरु परिमार्जन गरेका छौं । अब सरकारले जनताले देख्ने गरी योजना प्रस्तुत गर्छ । मन्त्री पोखरेल संयुक्त राष्ट्रसंघिय शान्ति मिसनको सम्मेलनलाई सम्बोधन गर्न बुधवार न्यूयोर्क आईपुगेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com