बारा र पर्सामा हावाहुरीले मच्चायो वितण्डा, मृत्यु हुनेको संख्या ३१ पुग्यो (भिडियोसहित)


प्रकाशित मिति : चैत्र १७, २०७५ आईतबार

बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीबाट ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ। प्रदेश नम्बर २ का प्रहरी प्रमुख हरि पालका अनुसार ३० जना बारा र १ जनाको ज्यान पर्सामा गएको हो।

हावाहुरीका कारण घरका छाना उडेका छन् भने विजुलीका पोल, रुख ढलेका छन्। अन्नवालीमा समेत ठूलो क्षति पुगेको छ। घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com