टीपीएस वाहक नेपालीको वर्क परमिट स्वत नविकरण हुने


प्रकाशित मिति : चैत्र १३, २०७५ बुधबार

अमेरिकामा टीपीएस वाहक नेपालीहरुको वर्क परमिट जुन २४ पछि स्वत नविकरण हुने भएको छ । युएससीआईएसको वेवसाइटमा आज प्रकाशित अलर्ट अनुशार नेपाली टीपीएसवाहकको टीपीएससँग सम्बन्धित सबै कागजातहरु सुडान, निकारागुवा, हैटी र एल साल्भाडोरको सरह स्वत नविकरण हुने भएको छ ।

सुडान, निकारागुवा, हैटी र एल साल्भाडोरको सन्दर्भमा अदालतमा परेको मुद्दा विचाराधिन रहँदासम्म नेपालको टीपीएस पनि खारेज नहुने अमेरिकी सरकारले स्पष्ट पारेको छ ।

सुडान, निकारागुवा, हैटी र एल साल्भाडोरको सन्दर्भलाई आधार मान्दा नेपाली टीपीएसवाहकहरुले आफ्नो टीपीएस कायम गर्नका लागि पुन दर्ता गर्नु नपर्ने भएको छ । तर विगतको रि रजिस्ट्रेशन अवधिमा भने रितपूर्वक आवेदन पठाएको हुनुपर्नेछ ।

जुन २४ पछि टीपीएस वाहक नेपालीहरुको वर्क परमिट कम्तीमा सन् २०२० को जनवरीसम्मका लागि स्वत नविकरण हुनेछ । त्यस्तै आई ९४ रेकर्ड र स्वीकृत सुचना आई ७९७ पनि स्वत नविकरण हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com