काठमाडौ-पोखरा-लुम्बिनी विद्युतीय रेलमार्ग बनाउन ३ खर्ब ६९ अर्व लाग्ने


प्रकाशित मिति : चैत्र ९, २०७५ शनिबार

सरकारले नेपाल विदेशी लागनी ल्याउन चैत १५ र १६ गते नेपालमा लगानी ल्याउन लागनी सम्मेलन गर्दैछ ।

लगानी सम्मेलनका लागि विदेशी लगानीकर्तालाई देखाउन ६३ वटा परियोजनाको सरकारले स्वीकृत गरेको छ । जलविद्युत, पर्यटन, कृषि, पूर्वाधार लगायतका ६३ वटा परियोजना सम्मेलनमा आउने लगानीकर्ताको लागि प्रस्तुत गर्ने छ ।

६३ मध्ये सबै भन्दा धेरै लगानी गर्नु पर्ने परियोजना काठमाडौ- पोखरा- लुम्बिनी विद्युतीय रेल मार्ग रहेको छ । काठमाडौ- पोखरा-लुम्बिनी विद्युतीय रेलमार्ग निर्माणका लागि ३ खर्ब ६९ अर्व २७ करोड लाग्ने अनुमान सरकारले पेस गरेको छ ।

लगानी सम्मेलनमा ३८ देशका ६ सय भन्दा बढी लगानीकर्ताले सहभागिता जनाउने छन् । लागनी बोर्डले सम्मेलनका लागि ८ सयभन्दा बढी लगानीकर्तालाई निम्ता पठाएको थियो । सम्मेलनको चैत १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com