राष्ट्रपतिका लागि ओछ्याएको ‘रेड कार्पेट’मा सर्प आएपछि.. - KHASOKHAS

राष्ट्रपतिका लागि ओछ्याएको ‘रेड कार्पेट’मा सर्प आएपछि..

राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी राष्ट्रसंघीय आयोग (सीएसडब्ल्यू) को ६३ औं अधिवेशन सहभागी भएर शुक्रबार स्वदेश फर्केकी छन् । उनको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रेड कार्पेट ओछ्याइएको थियो ।

तर, राष्ट्रपति भण्डारी हिड्नु अघि नै एउटा ठूलो सर्प रेड कार्पेटमा दौडियो । राष्ट्रपतिको स्वागतको समाचार संकलन गर्न पुगेका मिडिया प्रतिनिधि नजिकबाट निस्किएको सर्प रेड कार्पेट हुँदै विमानस्थलतर्फ गएको थियो । अचानक सर्प आइपुग्दा हतारिएका मिडियाकर्मी र सुरक्षाकर्मीलाई छल्दै सर्प भने झाडीमा पसेको थियो ।

शुक्रबार, चैत्र १, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com