चालु आर्थिक बर्षमा ९ लाख कागजपत्रविहिनलाई पक्राउ गर्ने अमेरिकी सरकारको योजना


प्रकाशित मिति : फाल्गुन २३, २०७५ बिहीबार

चालु आर्थिक बर्षमा ९ लाखभन्दा धेरै कागजपत्रविहिनहरुलाई पक्राउ गर्ने योजना रहेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्चेन निल्सेनले बताएकी छिन् । उनले चालु आर्थिक बर्षमा मेक्सिकोको सिमाक्षेत्रबाट प्रवेश गर्न खोज्ने ९ लाख बढी कागजपत्रविहिनलाई पक्राउ गर्ने बताइन् ।

मानवतस्करहरुले कागपत्रविहिनलाई गलत एसाइलम फाइल गर्न उक्साइरहेको समेत उनले बताइन् । उनले डेमोक्र्याट्सहरुलाई कानुन कार्यान्वयनमा सघाउन समेत आग्रह गरिन् । निल्सेनले ट्रम्पबाट घोषित राष्ट्रिय संकटकाल समेत जायज भएको बताइन् ।

सीबीपीले गतमहिना ७६ हजार १ सय ३ कागजपत्रविहिनहरुलाई सिमाक्षेत्रमा पक्राउ गरेको थियो । सन् २००७ यताका सबै फरबरी महिनाको तुलनामा बढी हो । गतमहिना पक्राउ परेकाहरुमध्ये ४० हजार बाबुआमा र उनीहरुसँग यात्रा गरिरहेका केटाकेटीहरु रहेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com