पूर्व उपप्रधानमन्त्रि र पर्यटनमन्त्री लगायतकाे सम्झनामा नेकपाकाे शाेकसभा
प्रकाशित मिति : फाल्गुन २३, २०७५ बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी, बाहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द्र अधिकारीलगायत अन्य ६ जना प्रति संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
काठमाडौंस्थित भृकुटीमण्डपमा सम्पन्न श्रद्धाञ्जली सभामा प्रधानमन्त्री तथा पार्टीको अध्यक्ष केपी ओली, पूर्व प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताले सम्बोधन गरेका थिए ।
दिवंगत पूर्व प्रधानमन्त्री भरतमोहन अधिकारी र पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सम्झनामा आयोजित श्रदाञ्जली सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘रवीन्द्र अधिकारी एक वर्ष मन्त्री हुनुभयो । एक वर्ष मन्त्री पाउँदा बिर्सन नसक्ने कामहरु गर्नुभयो, कसैले उपेक्षा गर्नै नसक्नेगरी छोडेर जानुभयो । संस्कृति, पर्यटन नागरिक उड्यनको क्षेत्रमा, उहाँको कामको तीव्रता, उहाँका योजनाहरु असाधारण छन ।’
प्रधानमन्त्री ओलीले पूर्वौपप्रधान तथा अर्थ मन्त्रीसमेत रहेका दिवंगत नेता भरतमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलन के हो ? भन्ने बुझेका र कामबाट चिनिएका नेताका रुपमा चित्रण गरे ।
करिब तीन महिनादेखि बिरामी भएका पूर्व अर्थमन्त्री अधिकारीको गत शनिबार ८२ वर्षको उमेर निधन भएको थियो । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएको थियो ।