अमेरिकामा बलात्कार अभियोगमा पक्राउ राईलाई अदालतमा पेश, चक्कु देखाएर बलात्कार गरेको आरोप


प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार

अमेरिकामा बलात्कारको अभियोगमा पक्राउ परेका दर्पण किराँत राईलाई बुधबार अदालतमा पेश गरिएको छ । न्यु ह्याम्पशायरको रोचेष्टर निवासी ३६ बर्षका राईलाई बाल यौन दुराचार लगायतका १५ वटा आरोपमा मंगलबार पक्राउ गरिएको थियो ।

राईले चक्कु देखाएर धम्काउँदै आफूलाई दर्जनौं पटक बलात्कार गरेको पीडितले बुधबारको अदालती बयानमा बताएकी छिन् । यौन दुब्र्यबहारको बेलामा उनको सहमति विनानै खिचेका तस्वीरहरु समेत प्रयोग गरेर धम्काउने गरेको पीडितको आरोप छ । पीडितका तर्फबाट वकिलले अदालतमा कागजात पेश गरेका थिए ।

राईले पीडितलाई बाल्यकालदेखि नै लगातार यौन दुब्र्यबहार गर्दै आएको आरोप लगाइएको छ । उनले स्कुल पढ्दादेखिनै राईले यौन दुब्र्यबहार गर्दै आएको र झण्डै एकदशकदेखि आफू पीडित भएको राईको आरोप छ ।

बुधबार राईका पक्षमा अदालतमा कुनै वकिल उपस्थीत थिएनन् । न्यायाधिसले राईले मुद्दाको फैसला नहुँदासम्मका लागि हिराशतमा राख्न आदेश दिएका छन् । पीडित अहिले २० बर्षकी भएको जनाइएको छ । तर उनलाई राईले एलिमेन्टरी स्कुलमा पढ्दादेखि नै दुब्र्यबहार गरेको जनाइएको छ ।

सन् २००८ देखि सन् २०१७ सम्म राईले उनलाई बलजफ्ती यौन दुब्र्यबहार गर्दै आएका थिए । आफूलाई रिस उठाएमा मारिदिने भन्दै चक्कु समेत देखाएको जनाइएको छ । राईबिरुद्धका आरोपहरु प्रमाणित भएमा २० बर्षसम्मको जेलसजाय हुनसक्ने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com