बैठक स्तब्ध भएको त्यो हृदयविदारक सूचना !


प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार

फागुन १६ गते । दिउँसोको करिब १ः५५ बजे । संवेदनशील मानिएको नागरिकता विधेयकको छलफलमा राज्य व्यवस्था तथा सुशासन समितिको सानो हल खचाखच थियो ।

विधेयकको दफावार छलफल जारी थियो । सांसदहरू शब्दशब्दमा बहस गरिरहेका थिए । त्यही बेला छलफलमा सहभागी गृहसचिव प्रेमकुकार राई बाहिर निस्कनुभयो । समिति बैठक कक्षको ढोकाको छेउमै बसेको थिएँ म । बाहिर निस्कने क्रममा सचिव राईले भन्नुभयो, ‘‘बैठक लामै हुने भयो है ।’’

करिब चार/पाँच मिनेटको अन्तरालमा राई पुनः बैठक कक्षमा प्रवेश गर्नुभयो । सांसदहरुको बहस सकिएकै थिएन । बैठक कक्षमा प्रवेश गर्नसाथ सभापति शशी श्रेष्ठसँग बोल्नका लागि सङ्केत गर्दै राईले भन्नुभयो, ‘‘अत्यन्तै दुःखद् खबर आयो म निस्कनुपर्ने भयो ।’’

चर्को बहस भइरहेको बैठककक्ष शान्त भयो । मैले छेउमा रहेका साथीहरूलाई भनेँ, ‘‘सिरियस भएर फर्कनुभयो सचिवज्यू, के भएछ ?’’ केही बेरपछि गला अवरुद्ध शैलीमा सचिव राईले थप्नुभयो ‘तेह्रथुमको विमानस्थल अनुमगनका क्रममा जानुभएका माननीय पर्यटनमन्त्री रवीन्द्र अधिकारी त्यहाँबाट ताप्लेजुङको पाथीभरा पुग्नेक्रममा दुर्घटनामा परेको खबर आयो । एयर डाइनेस्टीको हेलिकोप्टरमा उहाँ जानुभएको थियो । साथमा डाइनेस्टीकै मालिक आङछिरिङ शेर्पासहित छ जना रहेको प्रारम्भिक सूचना छ ।’ सचिव राईको सूचनामा बैठकक्ष स्तब्ध बन्यो । यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्लले लेखेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com