पानी खोज्न गाग्रो बोकेर दुई सातादेखि जंगल चहार्दै मेयर
प्रकाशित मिति : फाल्गुन ११, २०७५ शनिबार
संखुवासभाको पाँचखपन नगरपालिकाका मेयर विपिन राई नेतृत्वको टोलीले गाग्रो बोकेर जंगल चहारेको दुई साता हुन लाग्यो । राई नेतृत्वको टोलीले ३ हजार परिवारलाई पुग्ने पानीको मुहान खोजी गरिरहेको छ ।
गाउँभन्दा माथिका धेरै जंगल घुमे पनि ‘खास उपलब्धि’ हात नपरेको मेयर राईको भनाइ छ ।
‘जलस्रोतको धनी देशका गाउँमा जनता पानी नपाएर प्याक–प्याक परेका छन्’, उनले भने, ‘पानीको चरम अभाव टार्न सकिन्छ कि भनेर हिँडे पनि भरपर्दो मुहान फेला पार्न सकेका छैनौं ।
साना मूल मात्र भेट्यौं ।’ उनका अनुसार वडानम्बर ९ स्थित भालुखोप जंगल सिरानमा एउटा मुहान फेला परेको छ । तर, त्यसले पानी पुग्न सक्ने सम्भावना नरहेको मेयरले सुनाए । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।






