अमेरिकामा शरण खोज्न आएका १ हजार घर फर्किए, १ हजारले लिए मेक्सिकोमै वर्क परमिट


प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार

मेक्सिकोहुँदै अमेरिका प्रवेश गर्ने पोर्ट अफ इन्ट्रीमा आएर शरण खोजिरहेका एकहजार आप्रवासीहरु आफ्नो घर फर्किएका छन् । सिमाक्षेत्रमा कुरेर अमेरिकामा शरण पाउने अवधि निकै लामो भएपछि उनीहरुले घर फर्कने निर्णय गरेका हुन् ।

एसाइलमको प्रकृया अगाडि बढाउनमा पोर्ट अफ इन्ट्रीमा निकै ढिलो गरिदा आप्रवासीहरुले महिनौं कुनुपर्ने बाध्यता आएको छ । जसका कारण एकहजार आप्रवासीहरुले मेक्सिको सरकारले स्वदेश फर्काउनका लागि राखेको प्रस्ताव स्वीकार गरेका छन् ।

अरु एकहजार आप्रवासीहरुले मेक्सिकोमा नै रहेर काम गर्नका लागि मेक्सिको सरकारका तर्फबाट प्रदान गरिएको वर्क परमिट स्वीकार गरेका छन् । झण्डै ६ हजार आप्रवासीहरु समुहमा यात्रा गरेर क्याराभानका रुपमा मेक्सिको र अमेरिकाको सिमाक्षेत्रमा आएका थिए ।

तर एसाइलमको प्रकृया अगाडि बढाउने क्रममा सिमाक्षेत्रमा कुर्दा असुरक्षा र अनिश्चितता बढेपछि उनीहरुले स्वदेश फर्कने वा मेक्सिकोमा नै काम गर्ने निर्णय लिएका हुन् । अमेरिकी सरकारले क्यालिफोर्नियाको सान यिसिद्रो पोर्ट अफ इन्ट्रीमा आउनेहरुलाइृ अदालती सुनुवाई सम्मका लागि मेक्सिकोमा नै फिर्ता पठाउने नीतिको कार्यान्वयन समेत सुरु गरिसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिहिबार ११ जना एसाइलम खोज्नेहरुका तर्फबाट अमेरिकन सिभिल लिबर्टी युनियन र अन्य दुई संस्थाका तर्फबाट ट्रम्प प्रशासनबिरुद्ध मुद्दा दायर गरिएको छ । अदालती सुनुवाईसम्म मेक्सिकोमा नै कुर्नुपर्ने नीति अमेरिका र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने दावी गर्दै मुद्दा दायर गरिएको हो । नर्दन डिस्ट्रिक्ट अफ क्यालिफोर्नियाको संघीय अदालतमा मुद्दा दायर गरिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com