राम्रो खेल र प्रदशनका बाबजुद म्यानमारसँग भएको फाईनल फुटबल खेलमा नेपाल ३-१ ले पराजित


प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार

छिमेकी रास्ट्र भारतमा भएको हिजोको हिरो गोल्डकपअन्तर्गत हिजो भएको फाईनल खेलमा नेपालले म्यान्मारको सामना गरेको थियो तर रम्रो खेल प्रदशन का बाबजुद पनी नेपालले हारको सामना गरेको छ र यसका साथै नेपाल उपबिजेता भएको छ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल भएको थियो जस्मा नेपालले इरानलाई हराउदै फाईनलमा पुगेको थियो भने अर्को तिर म्यानमार र भारतको खेल मा म्यानमार को जित पछी नेपाल र म्यानमार  फाईनलमा भिडेका थिए।

उक्त फाइनल खेलमा म्यानमारसँग ३-१ गोलले पराजित हुँदै नेपाल उपविजेता बनेकोछ। खेल को पहिलो हाफ भने दुवै देशका टोलीले १-१ गोलको बराबरी खेलेका थिए र दुबै देशका टिमहरुको प्रदशन निकै उतक्रिस्ट थियो। म्यानमारकालागी पहिलो गोल यियी ओले गरेकी थिइन भने नेपालको तर्फबाट मन्जली योञ्जनलेले पहिलो गोल गरेकि थिइन।

त्यस्तै खेलको ५४ औं मिनेटमा म्यानमारकि विन थेंगी टुनले दोस्रो गोल गरेकी थिइन भने खेलको ६३औं मिनेटमा यियी ओले तेस्रो गोल गर्दै खेललाई आफ्नो पक्षमा पारेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com