अमेरिकी भिसा लम्बाउन र बदल्न मार्च ११ बाट नयाँ फर्म र नियम

अमेरिकामा भिसा लम्बाउन वा परिवर्तन गर्न मार्च ११ बाट युएससीआईएसले नयाँ फर्म लागु गर्ने भएको छ । भिजिटर लगायतका गैरआप्रवासी भिसाको अवधि लम्बाउन र परिवर्तन गर्न प्रयोग हुँदै आएको फर्म आई ५३९ मा अपडेट गर्न लागिएको हो ।

मार्च ११ देखि फरबरी ४, २०१९ को मिति भएको नयाँ फर्ममात्र स्वीकार गरिने युएससीआईएसले जनाएको छ । डिसेम्बर २३, २०१६ वा त्यो भन्दा अगाडिको मिति भएको फर्मका संस्करणहरु सिधै अस्वीकार गरिने भएको छ । अहिले भिसा लम्बाउन र परिवर्तन गर्न प्रयोग हुँदै आएको फर्म डिसेम्बर २३, २०१६ को मिति भएको फर्म हो । जसको एक्सपायर मिति अप्रिल ३०, २०१८ तोकिएको छ ।

नयाँ फर्ममा आएको परिवर्तन अनुशार फर्म आई ५३९ का हरेक सह आवेदकहरुले छुट्टै फर्म आई ५३९ ए हस्ताक्षर सहित पेश गर्नुपर्नेछ । जुन फर्म मार्च ११ देखि वेवसाइटमा राखिनेछ । तर १४ बर्ष मुनिका बालबालिका र मानसिक अशक्तहरुका सन्र्दभमा भने अभिभावकले हस्ताक्षर गर्न सक्नेछन् ।

हरेक आवेदक र सह आवेदकले औंठाछापका लागि लाग्ने ८५ डलर शुल्क बुझाउनु पर्नेछ । त्यस्तै हरेक आवेदक र सह आवेदकले औंठाछापका लागि छुट्टै सुचनाहरु प्राप्त गर्नेछन् । हरेकका लागि छुट्टै रिसिप्ट नम्बर प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
Contributing Editor : Bhupendra Thapa
© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com