के नेपालको टीपीएस थपिन सम्भव छ ?


प्रकाशित मिति : फाल्गुन १, २०७५ बुधबार

नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा वर्क परमिट विना रहेका नेपालीहरुलाई अमेरिकी सरकारले देशनिकालाको डरविना काम गर्न पाउनेगरी अनुमति प्रदान गर्ने टेम्पोरेरी प्रोटेक्टेड स्टेटस टीपीएस प्रदान गरेको थियो । सन् २०१५ को जुनदेखि प्रदान गरिएको यस्तो सुविधा ४ बर्षसम्म प्रदान गरेर आगामी जुन २४ मा अन्त्य गर्ने अमेरिकी सरकारले घोषणा गरिसकेको छ । यो अवस्थामा नेपालको टीपीएस थपिने सम्भावना अझै भए नभएकोबारे विश्लेषणहरु भइरहेका छन् ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी भूकम्पपछि नेपालको अवस्थामा उल्लेख्य सुधार आएको भन्दै अमेरिकामा रहेका नेपालीलाई दिइएको टीपीएसको अवधि नबढाउने निर्णय लिएको थियो । ट्रम्प प्रशासन टीपीएसको पक्षमा नरहेको अवस्थामा नेपालको टीपीएस अवधि अमेरिकी सरकारले कुनै राजनीतिक दवावको भरमा वा स्वनिर्णयमा थप्ने सम्भावना शुन्यप्राय छ ।

के उसो भए नेपालको टीपीएस अवधि नथपिने हो त ?

अहिले नै नथपिने निष्कर्षमा पुग्ने बेला भइसकेको छैन । नेपालको टीपीएस तत्काल समाप्त नहुने आशा गर्न सकिने सबैभन्दा बलियो आधार आइतबार अबेर अमेरिकाको नर्दन क्यालिफोर्नियाको अदालतमा दायर गरिएको मुद्दा हो । ट्रम्प प्रशासनबिरुद्ध टीपीएस प्राप्त नेपाली र होण्डरनहरुबाट दायर गरिएको उक्त मुद्दामा नेपाल र होण्डुरसको टीपीएसको समाप्ती रोक्नका लागि अदालतसमक्ष माग गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लगभग यस्तै आधारमा नर्दन क्यालिफोर्नियाको अदालतले एल साल्भाडोर, हैटी, निकारागुवा र सुडानको टीपीएस तत्कालका लागि अन्त्य नगर्न आदेश दिएको थियो । त्यसैले नेपाली टीपीएस वाहकका तर्फबाट केशव भट्टराई, सुम्निमा थापा र सज्जन भट्टराईले दायर गरेको मुद्दामा पनि अदालतले सकारात्मक फैसला लिने सम्भावना रहेको छ ।

तर अदालतले यस विषयमा दिर्घकालिन समाधान भने दिनसक्ने सम्भावना छैन । अदालतले तत्कालका लागि अन्त्य नगर्न अस्थायी आदेश दिएपनि स्थायी समाधान भने अमेरिकी संसदबाटै खोज्न जरुरी छ । अमेरिकी संसदमा टीपीएसवाहकलाई ग्रिनकार्डको बाटोमा लैजानुपर्ने मागसहित विभिन्न बिलहरु पेश हुने गरेका छन् । टीपीएसको स्थायी समाधानका लागि भन्दै पेश गरिएका यस्ता बिलहरु अहिलेको अवस्थामा कुनै दुईदलीय सहमति विना पारित हुने सम्भावना भने निकै न्यून छ ।

डेमोक्र्याट्स र रिपब्लिकनहरुबीच कुनै अध्यागमन डिल भएमा भने टीपीएसका सन्दर्भमा स्थायी समाधानको बाटो खुल्नसक्छ । तर त्यसमा लागि डेमोक्र्याट्सहरुले रिपब्लिकनहरुको एजेण्डा मान्नेगरी त्याग गर्न जरुरी छ । राष्ट्रपति ट्रम्पले सिमानामा पर्खाल लगाउनका लागि बजेट विनियोजन गरिए तीनबर्षका लागि टीपीएस थप्ने प्रस्ताव गरेका थिए । तर यस्तो प्रस्तावले टीपीएसको दीर्घकालिन समाधान दिदैन । केवल तीनबर्षका लागिमात्र टीपीएस अन्त्य हुनबाट रोक्छ । यस्तो प्रकारको अस्थायी समाधानका लागि डेमोक्र्याट्सहरुले असहमति जनाउँदै आएका छन् ।

टीपीएसबारे संसदबाट कुनै बिल पारित हुनसक्छ ?

दुईदलीय सहमतिविना टीपीएसबारे संसदबाट कुनै बिल पारित हुन सम्भव छैन । डेमोक्रेटिक पार्टीको बहुमत रहेको अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट टीपीएसको स्थायी समाधानको बिल पारित हुन त सक्छ तर त्यस्तो बिल रिपब्लिकन बहुमत रहेको सिनेटबाट पारित हुन सम्भव हुँदैन । टीपीएस वाहकलाई ग्रिनकार्डको बाटोमा लैजाने विषयमा रिपब्लिकनहरु सहमत छैनन् ।

यसर्थ कुनै खास अध्यागमन डिल नभएसम्म संसदबाट टीपीएसका सन्दर्भमा स्थायी समाधान निस्कने कुनै सम्भावना छैन । कुनै अध्यागमन डिल हुँदा डेमोक्र्याट्सहरुले टीपीएसको विषयलाई प्राथमिकतामा उठाउने वातावरण बनाउनका लागि छलफल, दवाव वा स्मरण गराउन सकिन्छ । तर खासमा डेमोक्र्याट्सहरु टीपीएसको स्थायी समाधानका विपक्षमा नरहेका कारण रिपब्लिकनहरु सहमत नभएसम्म त्यस्तो छलफल वा दवावको खास अर्थ रहन्न ।

के नेपाल सरकारका तर्फबाट पहल सम्भव छ ?

टीपीएसको स्थायी समाधान खोजिएको खण्डमा नेपालका सन्दर्भमा मात्र खोजिदैन । सबै टीपीएसवाहकको हकमा खोजिनेछ । नेपाल सरकारका तर्फबाट टीपीएस थप गराउने विषयमा त्यतीबेला पहल भएको भए केही हुनसक्थ्यो, जति बेला अमेरिकी सरकारले नेपालको टीपीएस अन्त्य गर्ने निर्णय लिइसकेको थिएन । तर अब नेपाल सरकारका तर्फबाट कुनै पहलको अर्थ छैन । कुनै पनि प्रकारका पहलबाट अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी आफैले टीपीएसको अवधि थप्ने सम्भावना छैन । संसदबाट कुनै कानुन पारित नभएसम्म डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी आफैले टीपीएसबारे स्थायी समाधान पनि खोज्न सक्दैन ।

यसर्थ अहिलेको सन्दर्भमा होमल्याण्ड सेक्युरिटी समक्ष कुनै प्रकारको माग गर्नु वा दवाव दिन अर्थहिन जस्तै छ । रिपब्लिकन र डेमोक्रेटिक पार्टीबीच कुनै अध्यागमन डिल नभएको खण्डमा अहिलेका लागि नेपाल र होण्डुरसका टीपीएस वाहकले क्यालिफोर्नियाको अदालतमा फाइल गरेको मुद्दा नै सबैभन्दा ठूलो आशाको त्यान्द्रो हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com