८५ हजार कामदार भिसा खुल्दै, यसरी लिनसक्छन् नेपालीले फाइदा (भिडियो )


प्रकाशित मिति : माघ २७, २०७५ आईतबार

अमेरिकामा अप्रिल १ देखि ८५ हजार कामदार भिसाका लागि आवेदन खुल्दैछ ।  कार्यक्रम टक अफ द टाउन युएससए इमिग्रेशन अपडेटमा पत्रकार किशोर पन्थीले यसबारे अमेरिकामा चर्चित कानुन व्यवसायी केशवराज सेडाईसँगको कुराकानी गरेका छन् ।

कार्यक्रम  फेसबुकमा यो लिंकमा हेर्नुहोला । 

अमेरिकामा टीपीएसमा हुने, अमेरिकामा ब्याचलर डिग्री गरेका नेपाली, मास्टर्स डिग्री गरेका नेपाली, ओपिटी, स्टीम ओपीटी, सीपीटीबाट कामदार भिसामा रहनेहरु लगायत कसरी एचवानबी कामदार भिसामा जानसक्छन् भन्ने विषयमा कार्यक्रममा कानुन व्यवसायी सेडाईले विभिन्न टिप्सहरु दिनुभएको छ । साथै अमेरिकन डिग्री लिएर नेपाल फर्केकाहरु र नेपालमै ब्याचलर वा मास्टर्स डिग्री गरेकाहरु यो कार्यक्रममा कसरी योग्य हुनसक्छन् भन्नेबारेमा पनि कार्यक्रममा छलफल गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एचवानबी कामदार भिसाबाट फाइदा लिन चाहनेहरुले कसरी जागिर खोज्ने, ठगहरुबाट कसरी बच्ने, कामदार भिसामा यो बर्षदेखि भएको परिवर्तन के हो, कसलाई फाइदा हुन्छ लगायतका विषयमा पनि आजको कार्यक्रममा छलफल गरिएको छ । कानुन व्यवसायी सेडाईको कानुनी कार्यालयबाट फाइल गरिएका तीसहजार भन्दा धेरै कामदार भिसाका आवेदनहरु स्वीकृत भइसकेका छन् भने ग्रिनकार्ड लगायत अन्य अध्यागमन सुविधाका एकलाखबढी आवेदन स्वीकृत भइसकेका छन् ।

कार्यक्रम  युट्युबमा यो लिंकमा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com